बुधबार, फाल्गुन २७,२०८२ 06:54:29
Bizshala
  • बुधबार, फाल्गुन २७,२०८२ 06:54:29
Bizshala
Global IME Bank Limited

रेडमी नोट 15 5G नेपालमा, यस्ता छन् फिर्चस र बजारमूल्य

Hyundai Nepal
रेडमी नोट 15 5G  नेपालमा, यस्ता छन् फिर्चस र बजारमूल्य
Shivam Cement

काठमाण्डौ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन ‘रेडमी नोट 15 5G  नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ ।

डिजाइन र बनावटस : नोट 15 5G तीन आकर्षक रंग (ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ । जसमा मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको छ । रेड्मी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्दछ । यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइल मात्र होइन, प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द आउने हुन्छ ।

उच्च क्षमता र लामो ब्याट्री जीवनः रेडमी नोट 15 5G मा ५५२० मेगाहर्ज ब्याट्री रहेको छ, जसले झण्डै २ दिनसम्म चार्ज टिकाउँछ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ । यसले एकै पटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिन्छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रिमियम डिस्प्ले र उच्च प्रदर्शनः ६.७७–इन्च OLEd डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । ३८४०Hz PWM  डिमिङले आँखालाई सहजता दिन्छ । स्मार्टफोन स्न्यापड्रयागन 6Gen ३ प्रोसेसर (4nm आर्किटेक्चर) र २४जिबीसम्म ¥याम सपोर्टसहित उच्च गति र स्मूद प्रदर्शन सुनिश्चित गर्छ ।

फोटोग्राफी र मनोरञ्जनको नयाँ स्तरः रेडमी नोट 15 5G मा १८०MP मुख्य क्यामेरा, ८MP अल्ट्रा–वाइड क्यामेरा, र २०MP फ्रन्ट क्यामेरा रहेको छ । बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यवसायिक स्तरको स्पष्टता र विवरण दिनेछ । डुवल स्पिकर र एआई पोट्र्रेट, डायनामिक सट्स २.० जस्ता सुविधा प्रयोगकर्तालाई मनोरञ्जन दिन्छ र अझ रोचक बनाउँछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सुरक्षा, मजबुती र दिगोपन : इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलकले पूर्ण सुरक्षा सुनिश्चित गर्छ । रेडमी नोट 15 5G मजबुती ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ, र वेट टच टेक्नोलोजी २.० ले भिजेको स्क्रिनमा पनि चलाउन सहज हुन्छ ।

उपलब्धता र मूल्य : यो स्मार्टफोन १२ जिबी+५१२ जिबी को  ४६ हजार ९९९ रुपैयाँ र ८ जिबी +२५६ जिबीको ३९ हजार ९९९ मा नेपालभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.