शुक्रबार, चैत्र २०,२०८२ 07:08:23
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 07:08:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सहकारी प्रक्ररणमा अध्यक्षसहित ४ जना पक्राउ

Bizshala
सहकारी प्रक्ररणमा अध्यक्षसहित ४ जना पक्राउ
Shivam Cement

काठमाण्डौ । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडसँग सम्बन्धित प्रकरणमा अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ६१ वर्षीय अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अर्का प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई तथा पूर्व लेखा समिति सदस्य कर्णबहादुर राई रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यस सहकारीमा १० हजार ५९८ जना बचतकर्ताले जम्मा गरेको कुल ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको देखिएको छ । तर सो रकममध्ये १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण तथा लगानीका रूपमा प्रवाह गरिएको पाइएको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

स्रोतका अनुसार बाँकी रकमको कुनै स्पष्ट विवरण फेला परेको छैन र सो रकम दुरुपयोग गरिएको आशंका गरिएको छ ।  

त्यसैगरी, प्रवाह गरिएका ऋणहरू पनि कमजोर धितोमा वा बिना धितो नै दिइएको तथ्य खुलेको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.