आईतवार, चैत्र २२,२०८२ 10:20:30
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 10:20:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फोटोन ईभी टोटल केयर क्याम्प सुरु, देशभर सेवा सुदृढीकरणमा जोड

Bizshala
फोटोन ईभी टोटल केयर क्याम्प सुरु, देशभर सेवा सुदृढीकरणमा जोड
Shivam Cement

काठमाण्डौ । MAW Vriddhi Commercial Vehicle, नेपालमा फोटोन मोटरको आधिकारिक वितरक, ले फोटोन ईभी ग्राहकका लागि देशका विभिन्न क्षेत्रमा लक्षित “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालनमा ल्याएको छ। यस पहलमार्फत कम्पनीले बिक्रीपछिको सेवा अझ प्रभावकारी बनाउँदै ग्राहकसम्म सेवा पहुँच विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

कम्पनीका अनुसार क्याम्प दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण अन्तर्गत पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा चैत २२ देखि बैशाख ४, २०८३ सम्म सेवा प्रदान गरिनेछ। त्यस्तै दोस्रो चरणमा पूर्वी नेपालका इटहरी र बिर्तामोडमा बैशाख ६ देखि १७ सम्म क्याम्प सञ्चालन हुनेछ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यस क्याम्पमा सहभागी हुने फोटोन ईभी ग्राहकले विभिन्न आकर्षक सुविधा प्राप्त गर्नेछन्। स्पेयर पार्ट्स, लुब्रिकेन्ट र श्रम शुल्कमा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ। 

साथै, प्रत्येक सवारीमा निःशुल्क भेहिकल इन्स्पेक्सन, बम्पर–टु–बम्पर चेकअप, धुने तथा ग्रिसिङ सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।

हाल MAW Vriddhi Commercial Vehicle ले देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। साथै, नेपालभर १६६ भन्दा बढी CCS2 प्रकारका डीसी फास्ट चार्जिङ स्टेशनमार्फत विद्युतीय सवारी प्रयोगकर्तालाई सहजीकरण गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले “टोटल केयर” अवधारणाअनुसार दक्ष प्राविधिक, मौलिक स्पेयर पार्ट्स तथा पारदर्शी सेवा प्रक्रियामार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ। 

यस अभियानले विद्युतीय सवारीप्रति ग्राहकको विश्वास अभिवृद्धि गर्नुका साथै प्रयोगलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।

सेवा लिन इच्छुक ग्राहकले ९८०२३६७५०१ वा ९८५१४१७१२२ नम्बरमा सम्पर्क गरी अग्रिम बुकिङ गर्न सक्नेछन्। साथै, नजिकको फोटोन शोरुम वा सेवा केन्द्रमा पुगेर पनि सेवा लिन सकिनेछ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.