आईतवार, चैत्र २२,२०८२ 10:20:41
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 10:20:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

Bizshala
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
Shivam Cement

काठमाण्डौ । एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउनेछ । 
नयाँ 'हाइब्रिड प्लस' प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रणाली आउँदै गरेको एमजी एस ९ प्लग-इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ । 

साथै, एमजीले आफ्ना विद्युतीय कारहरूमा पनि ठूलो सुधार गर्ने योजना बनाएको छ ।'semi- solid-state' भनिने नयाँ प्रकारको ब्याट्री यस वर्ष युरोपमा एमजी ४ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग गरिनेछ, जुन यस प्रकारको पहिलो ठूलो मात्रामा उत्पादन हुने ब्याट्री हुनेछ । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

फ्रान्कफर्टमा आयोजित एक कार्यक्रममा एमजीका वरिष्ठ इन्जिनियर क्यू जिले नयाँ इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने जानकारी दिए । इलेक्ट्रिक टर्बोले गाडीको क्षमता र दक्षता दुवै सुधार गर्छ । यसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई अझ सहज बनाउछ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ 'हाइब्रिड प्लस' प्रणालीमा आराम बढाउन विशेष डिजिटल ड्याम्पिङ प्रविधि पनि समावेश गरिएको छ । इलेक्ट्रिक मोटर केवल गाडी चलाउनका लागि मात्र होइन, इन्जिनको कम्पन कम गर्न पनि प्रयोग हुन्छ । 

गाडीभित्रका सेन्सरहरूले कम्पन पत्ता लगाएर त्यसलाई हटाउन आवश्यक शक्ति गणना गर्छन् र मोटरले त्यसको विपरीत काम गरेर कम्पन घटाउछ । यसले गाडीलाई अझ शान्त र आरामदायी बनाउनुका साथै ऊर्जा खेर जान कम गराएर दक्षता पनि बढाउने दाबी गरिएको छ ।

एमजीले नयाँ प्रणाली र टर्बोलाई सहयोग गर्न १.८३ किलोवाट घण्टाको ठूलो ब्याट्री पनि थप्दैछ । यी सुधारसँगै नयाँ हाइब्रिड कारहरू पुराना मोडेलभन्दा अझै स्मूथ, शान्त र छिटो हुने अपेक्षा गरिएको छ । 

एमजीको ‘सोलिडकोर’ नामको नयाँ semi-solid-state ब्याट्री पनि यस वर्षको अन्त्यतिर उपलब्ध हुने अनुमान गरिएको छ । यसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल पदार्थ हुन्छ, जसले यसलाई साधारण ब्याट्रीभन्दा धेरै ठोस बनाउछ । यस डिजाइनले बढी ऊर्जा सञ्चय गर्न सक्ने भएकाले गाडीको दूरी बढ्छ । साथै छिटो चार्ज हुने र विभिन्न तापक्रममा राम्रो प्रदर्शन गर्ने क्षमता पनि हुन्छ । 

यसको अर्को ठूलो फाइदा सुरक्षा हो । सामान्य लिथियम आयन ब्याट्रीमा क्षति हुँदा अत्यधिक ताप बढेर आगलागी हुने जोखिम हुन्छ, जसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । 

तर एमजीका अनुसार नयाँ ब्याट्री निकै सुरक्षित छ । परीक्षणका क्रममा दबाउदा वा प्वाल पार्दा पनि यसले आगो वा स्पार्क उत्पन्न गर्दैन । यसमा ठोस र जेलजस्तो पदार्थसँगै लिथियम र म्याङ्गनीजको मिश्रण प्रयोग गरिएको छ, जसले सुरक्षा र स्थिरता बढाउछ । 

यी सबै नयाँ प्रविधिमार्फत एमजीले आफ्ना भविष्यका गाडीहरूलाई अझ शक्तिशाली, सहज, शान्त, सुरक्षित र ऊर्जा दक्ष बनाउने लक्ष्य राखेको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.