काठमाण्डौ । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सरकारको नितीका कारण बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको चेतावनी दिएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले यस्तो बताएका हुन् ।
उनले ठूला लगानीकर्तालाई सेयर बजारमा टिकाई राख्न सरकारले पहल गर्नुपर्ने समेत बताए । उनले हालै ओरालो लागि रहेको सेयर बजारलाई उकास्न समेत सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
सरकारले अपनाएको नीतिका कारण ठूला व्यवसायी बजारबाट बाहिरिए त्यसले नकारात्मक परिणाम ल्याउने बताउँदै उनले यसलाई जतिसक्दो चाँडो रोक्नुपर्ने बताए ।

