बिहीबार, असार १८,२०८३ 11:53:59
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:53:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारको बिचौलिया नियन्त्रण अभियान तीव्र, ३०९ जना पक्राउ

Laxmi Sunrise Bank Limited
सरकारको बिचौलिया नियन्त्रण अभियान तीव्र, ३०९ जना पक्राउ

काठमाण्डौ । सरकारी तथा सार्वजनिक कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने र बिचौलियाको रूपमा सक्रिय रहेको आरोपमा काठमाण्डौ प्रहरीले पछिल्ला केही महिनामा ३०९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार विभिन्न सरकारी कार्यालय वरपर नियमित निगरानी र लक्षित अपरेसन सञ्चालन गर्दै ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि बिचौलियागिरी, सेवाग्राहीलाई दुःख दिने, गुण्डागर्दी तथा केही घटनामा यौनजन्य अपराधसम्बन्धी आरोप समेत रहेको प्रहरीले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

प्रहरीले यस अभियानलाई बिचौलिया–मुक्त सेवा वातावरण निर्माणतर्फको प्रयासका रूपमा लिएको छ। हालसम्म पक्राउ परेकाविरुद्ध ६१ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारी कार्यालय वरपर देखिने बिचौलिया गतिविधि लामो समयदेखि सेवाग्राही र प्रशासनबीचको एउटा अनौपचारिक सञ्जालका रूपमा रहेको छ। यसले कतिपय अवस्थामा नागरिकलाई छिटो सेवा दिलाउने बहानामा अतिरिक्त शुल्क असुल्ने, पहुँचका आधारमा काम गराउने र प्रक्रियागत पारदर्शितामा असर पार्ने गरेको आरोप छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.