मंगलवार, जेष्ठ ५,२०८३ 12:01:11
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:01:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सामसुङ नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’अभियान सार्वजनिक

Laxmi Sunrise Bank Limited
सामसुङ नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’अभियान सार्वजनिक
Shivam Cement

काठमाण्डौ । अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङ नेपालले सपनादेखि सम्भावनासम्म नामक नयाँ अभियान सार्वजनिक गरेको छ। यो अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले देश तथा परिवारका लागि पुर्‍याइरहेको महत्वपूर्ण योगदानलाई सम्मान गर्ने उद्देश्य राखेको छ।

अभियानमार्फत सामसुङले रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा उजागर गर्दै, विदेशमा कार्यरत नेपाली र उनीहरूका परिवारबीचको सम्बन्धलाई प्रविधिमार्फत अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, कम्पनीले आफ्ना एआई–सक्षम उपकरणहरूले परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, सहज र कनेक्टेड बनाउने विश्वास व्यक्त गरेको छ।

Bizshala
New Office
CG Motors

यस अभियान अन्तर्गत सामसुङ नामक विशेष पहल पनि सुरु गरिएको छ, जसले रेमिट्यान्समा निर्भर परिवारहरूलाई विभिन्न लाभ प्रदान गर्नेछ। यो सुविधा अप्रिल २४ देखि लागू हुनेछ।

उक्त योजनाअन्तर्गत आइएमई रेमिट, एनसेल, खल्ती बाई आइएमई तथा हुलास फिन सर्भ लिमिटेडसँगको सहकार्यमा स्यामसङ उत्पादन खरिदमा विशेष छुट तथा सुविधाहरू उपलब्ध गराइनेछ। यसमा एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सहज ईएमआई सुविधा तथा खल्ती मार्फत क्यासब्याक जस्ता आकर्षक अफरहरू समावेश छन्।

Garima Development Bank
Shivam Cement
IME remit

यो सुविधा विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।

सामसङ नेपालले दीर्घकालीन विश्वसनीयता, आधिकारिक उत्पादनको प्रयोग, तथा सुरक्षित इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्न उपभोक्ताहरूलाई आग्रह समेत गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.