मंगलवार, जेष्ठ ५,२०८३ 09:22:03
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:22:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानान्तरण तीव्र, आवास र खानपानको व्यवस्था सुनिश्चित

Laxmi Sunrise Bank Limited
जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानान्तरण तीव्र, आवास र खानपानको व्यवस्था सुनिश्चित
Shivam Cement

काठमाण्डौ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकको सुरक्षालाई ध्यानमा राख्दै स्थानान्तरण कार्यलाई तीव्रता दिएको जनाएको छ। आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्रालयले नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया व्यवस्थित र सहज रूपमा अघि बढिरहेको उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार सहारा नभएका तथा वास्तविक समस्यामा परेका नागरिकका लागि अस्थायी रूपमा होटल तथा लजमा बसोबास र खानपानसहितका आधारभूत सुविधा उपलब्ध गराइएको छ। स्थानान्तरणका क्रममा कुनै समस्या उत्पन्न भएमा वा थप सहयोग आवश्यक परेमा सम्बन्धित क्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न नागरिकलाई अनुरोध गरिएको छ।

Bizshala
New Office
CG Motors

स्थानान्तरण प्रक्रियालाई प्रभावकारी बनाउन नागरिकका सामान ढुवानीको जिम्मेवारी नेपाल प्रहरीले लिएको छ। सामानहरू सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा संकलन गरी विस्तृत अभिलेख राखिने र त्यसपछि सम्बन्धित व्यक्तिलाई यातायातको माध्यमबाट तोकिएको होटल वा लजमा पुर्‍याइने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

मन्त्रालयले नागरिकको धनमालको सुरक्षामा पूर्ण प्रतिबद्धता जनाउँदै स्थानान्तरण कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ। 

साथै, जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा पुगेपछि नागरिकले तत्कालका लागि आवश्यक खाना र आवासको अभाव नहुने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.