शुक्रबार, बैशाख १८,२०८३ 01:33:29
Bizshala
  • शुक्रबार, बैशाख १८,२०८३ 01:33:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दाउन्ने खण्डमा काम अन्तिम चरणमा, अधिकांश ढलान सम्पन्न

Bizshala
दाउन्ने खण्डमा काम अन्तिम चरणमा, अधिकांश ढलान सम्पन्न
Shivam Cement

काठमाण्डौं, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक आयोजनाको पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न भएको छ।  

आयोजनाले शुक्रबार सूचना जारी गर्दै पूर्वनिर्धारित प्रतिबद्धताअनुसार अप्रिलभित्रै दाउन्ने क्षेत्रसम्म एकतर्फी पक्की सडक जोडिएको जनाएको हो।

आयोजनाका अनुसार अब करिब १४ दिनभित्र नारायणघाटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर दूरी पूर्ण रूपमा पक्की सडकमार्फत पार गर्न सकिनेछ।  

पश्चिम खण्डतर्फ पनि दाउन्ने क्षेत्रमा करिब २५० मिटर बाहेक अधिकांश भागमा ढलान सकिएको छ। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सूचना अधिकारी विकास खनालका अनुसार दाउन्ने बजार क्षेत्रमा कल्भर्ट निर्माण जारी रहेकाले केही ढिलाइ भएको हो।

उनले आगामी १४ दिनभित्र एकतर्फी र एक महिनाभित्र दुवैतर्फ ढलान सम्पन्न हुने बताए।

ढलान कार्य सकिएसँगै यस वर्षको वर्षायाममा यात्रा सहज हुने अपेक्षा गरिएको छ।  

ठेकेदार कम्पनीले वर्षाअघि नै एकतर्फी ढलान र कालोपत्रे पूरा गर्ने प्रतिबद्धता जनाएको थियो।  

सरकारले निर्धारित समयसीमाभित्र काम नसकिए भुक्तानी कटौती गर्ने चेतावनीसमेत दिएको थियो।

हाल पूर्वी खण्डको भौतिक प्रगति ८० प्रतिशत र पश्चिम खण्डको ८२ प्रतिशत पुगेको आयोजना प्रमुख शिव खनालले जानकारी दिए। 

CG Motors
Garima Development Bank
IME remit

दाउन्नेबाहेकका क्षेत्रमा बायो–इन्जिनियरिङअन्तर्गत वृक्षारोपण, सर्भिस लेन निर्माण र सडक मार्किङको काम भइरहेको छ।

लामो समयदेखि ढिलो गतिमा अघि बढिरहेको सडक विस्तारले पछिल्लो समय गति लिएको भन्दै यात्रु, सवारी चालक र स्थानीय बासिन्दा उत्साहित भएका छन्।

कुल ११३.५३ किलोमिटर लम्बाइको यस आयोजनाअन्तर्गत ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित थप सर्भिस लेन र दाउन्ने पहाडी क्षेत्रमा १४ किलोमिटर तीन लेन सडक विस्तार भइरहेको छ।  

निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले पाएको हो।

यस परियोजनामा ६४ वटा पुल, ४७४ कल्भर्ट र १०६।१७ किलोमिटर नाली निर्माण समावेश छ।  

सरकार र निर्माण कम्पनीबीच २०७५ माघ २४ गते सम्झौता भएको थियो।  

शुरुमा २०७९ साउन २२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि समयमै काम नसकिँदा चार पटक म्याद थपिएको छ, जसको अन्तिम म्याद यही साउन ८ गते सकिँदैछ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित यस आयोजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.