मंगलवार, जेष्ठ ५,२०८३ 12:45:54
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:45:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काँकरभिट्टा नाकाबाट १६ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

Laxmi Sunrise Bank Limited
काँकरभिट्टा नाकाबाट १६ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
Shivam Cement

काठमाण्डौं । चालू, आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइलालगायतका सामग्री आयात भएका छन्। 

Bizshala
New Office
CG Motors

यस अवधिमा पेट्रोलियम पदार्थबाट मात्रै रु ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए।

कार्यालयको तथ्यांकअनुसार रु ७ अर्ब ७५ करोड ९४ लाख मूल्य बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ।  

त्यसैगरी, रु ५ अर्ब ८७ करोड १८ लाख बराबरको ५५ हजार २४ किलोलिटर डिजेल भित्रिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, रु १ अर्ब ९० करोड ५९ लाख मूल्य बराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास आयात भएको छ।  

साथै, रु ५७ करोड ५१ लाख बराबरको ५ हजार ९८८ किलोलिटर एटीएफ र रु ७० करोड १२ लाख मूल्य बराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले बताएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.