मंगलवार, जेष्ठ ५,२०८३ 05:10:01
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:10:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

Laxmi Sunrise Bank Limited
नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
Shivam Cement

काठमाण्डौ । पशुपति पेन्ट्सले ‘बन्नी’लाई नयाँ र आधुनिक रूपसहित ब्रान्ड एम्बेसडरको रूपमा पुनः प्रस्तुत गरेको छ। कम्पनीले १९९० को दशकको सुरुवातमा टेलिभिजन विज्ञापनमार्फत पहिलोपटक प्रस्तुत गरिएको आफ्नो प्रतिष्ठित एनिमेटेड क्यारेक्टर बन्नीलाई पुन्टे नाम दिएर पुनर्जीवित गर्दै दर्शकसँग पुनः जोडिने प्रयास गरेको छ ।

त्यतिबेला नेपालमा एनिमेसन प्रविधि प्रारम्भिक चरणमै रहेको हुँदा ओरिजिनल बन्नी विज्ञापन भारतका दक्ष कलाकारहरूको सहयोगमा तयार गरिएको थियो। देशकै सुरुवाती एनिमेटेड कमर्शियलमध्ये एकका रूपमा चिनिएको त्यस विज्ञापनले दर्शकहरूमा गहिरो प्रभाव पार्न सफल भएको थियो।

Bizshala
New Office
CG Motors

नेपालको प्राकृतिक सौन्दर्यबाट प्रेरित उक्त विज्ञापनको गीतले देशका रंग, भौगोलिक विविधता र भावनालाई समेटेको थियो। धेरैका लागि, यो विज्ञापन सरल र सुमधुर समयको मीठो सम्झनाको रूपमा रहेको कम्पनीको भनाई छ।

आज दशकौं पछि, पशुपति पेन्ट्सले त्यही आकर्षणलाई एआई र डिजिटल डिजाइनजस्ता आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ ढंगले प्रस्तुत गरेको छ। पहिले स्रोत र प्रविधिको सीमाले गर्दा सीमित भएको सिर्जना अहिले नेपालभित्रै सिर्जनात्मकता र इनोभेसनको अवसरमा रूपान्तरण भएको छ। नयाँ बन्नीले पुरानो भावना जोगाउँदै आजको पुस्तासँग जोडिने शैलीमा आफूलाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

एनिमेटेड बन्नीलाई पुनः ब्रान्ड एम्बेसडरको रूपमा ल्याएर पशुपति पेन्ट्सले अतीत र वर्तमानबीच सशक्त सेतु निर्माण गरेको कम्पनीको विश्लेषण छ।

पशुपति पेन्ट्स स्वदेशी पेन्ट्स ब्रान्ड हो । जसले विगत ४५ वर्षदेखि नेपाली ग्राहकलाई सेवा दिदै आईरहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.