मंगलवार, जेष्ठ ५,२०८३ 09:00:15
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:00:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘अवैध मोबाइलले बजार ध्वस्त भयो’ : व्यवसायीको गुनासोपछि अर्थमन्त्रीको सकारात्मक संकेत

Laxmi Sunrise Bank Limited
‘अवैध मोबाइलले बजार ध्वस्त भयो’ : व्यवसायीको गुनासोपछि अर्थमन्त्रीको सकारात्मक संकेत
Shivam Cement

काठमाण्डौ । नेपालमा बढ्दो अवैध मोबाइल कारोबार, राजस्व चुहावट र MDMS प्रणालीको प्रभावहीन कार्यान्वयनबारे सरकारको ध्यानाकर्षण गराउँदै नेपाल मोबाइल वितरक सङ्घले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग उच्चस्तरीय छलफल गरेको छ।

सङ्घका अध्यक्ष रघु त्रिपाठी नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गर्दै मोबाइल बजार अहिले गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन्। टोलीमा सङ्घका निवर्तमान अध्यक्ष दिनेश चुल्याध्योसहित अन्य पदाधिकारीहरूको पनि सहभागिता थियो।

Bizshala
New Office
CG Motors

भेटका क्रममा सङ्घले अर्थमन्त्रीसमक्ष बुझाएको ज्ञापनपत्रमा अवैध रूपमा भित्रिने मोबाइल फोनका कारण वैधानिक व्यवसायीहरू प्रतिस्पर्धामा टिक्न नसकेको, राज्यले अर्बौँ रुपैयाँ राजस्व गुमाइरहेको तथा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) प्रभावकारी कार्यान्वयन नहुँदा बजार थप अस्तव्यस्त बन्दै गएको उल्लेख गरिएको छ।

व्यवसायीहरूले विशेषगरी MDMS सञ्चालनका लागि पर्याप्त बजेट तथा प्राविधिक पूर्वाधार अभाव रहेको विषय उठाउँदै प्रणालीलाई प्रभावकारी बनाइएन भने वैधानिक आयातकर्ताहरू विस्थापित हुने चेतावनी दिएका थिए।

Garima Development Bank
Shivam Cement
IME remit

जवाफमा अर्थमन्त्री डा. वाग्लेले मोबाइल व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने दिशामा सरकार सकारात्मक रहेको बताएको सङ्घले जनाएको छ। व्यवसायीहरूले उठाएका समस्या र सुझावलाई कार्यान्वयन तहमा गम्भीर रूपमा लैजाने तथा आवश्यक पहल गर्ने आश्वासन मन्त्रीले दिएको दाबी सङ्घको छ।

सङ्घका अनुसार यो भेटले लामो समयदेखि अन्योलमा रहेको मोबाइल बजार सुधारको अपेक्षालाई नयाँ ऊर्जा दिएको छ। “अवैध कारोबार नियन्त्रण र वैधानिक व्यवसायको संरक्षणका लागि सरकार अब गम्भीर देखिएको संकेत भेटबाट मिलेको छ,” सङ्घ निकट स्रोतले जनाएको छ।

कार्यव्यस्तताका कारण भेटको औपचारिक फोटो सार्वजनिक नभए पनि व्यवसायीहरूले यसलाई ‘मोबाइल बजार सुधार अभियानको महत्वपूर्ण सुरुआत’ का रूपमा व्याख्या गरेका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.