मंगलवार, जेष्ठ ५,२०८३ 02:24:57
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:24:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘उनीहरूकै कारण यो कदम’ भन्दै स्टाटस, केही बेरमै बैंकरको मृत्यु

Laxmi Sunrise Bank Limited
‘उनीहरूकै कारण यो कदम’ भन्दै स्टाटस, केही बेरमै बैंकरको मृत्यु
Shivam Cement

झापा । झापाको दमक नगरपालिका–८, लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का मृत अवस्थामा फेला परेका छन् ।

ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत खड्काले सामाजिक सञ्जाल फेसबुकमा चार जनाको सामूहिक तस्वीर सार्वजनिक गर्दै आफू चरम मानसिक दबाबमा पुगेको संकेत गर्ने स्टाटस पोस्ट गरेका थिए । त्यसको केही समयमै उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

प्रहरीका अनुसार खड्काले फेसबुकमा दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको तस्वीर राख्दै उनीहरूकै कारण आफू यस्तो कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका थिए । उनले फोटो राखेकामध्ये सुरेन्द्र रेग्मी ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् भने सुमन पोखरेल नायव प्रमुख कार्यकारी अधिकृत हुन् । 

स्टाटस पोस्ट गरेको केही बेरपछि उनले घरको भुइँतलास्थित कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटना साँझ करिब ५ बजेतिर भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकका बुवा महेश खड्काले छोरा झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान अघि बढाएको छ ।

दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

प्रहरीले घटनाको पृष्ठभूमि, फेसबुक स्टाटसको आशय, उल्लेख गरिएका व्यक्तिहरूसँगको सम्बन्ध तथा मृत्युको वास्तविक कारणबारे गहन अनुसन्धान भइरहेको जनाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.