काठमाण्डौ । सोमबार सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.६४ प्रतिशत र निर्जीवन बीमा समूह ०.९५ प्रतिशतले बढेको छ ।
बीमा समूह बढ्दा आज दुई कम्पनीबाहेक सबैको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.३२ प्रतिशतले बढेर १०५९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको २.२८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.८९ प्रतिशत, नेको इन्स्योरेन्सको १.३० प्रतिशत, एनएलजीको १.९१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४५ प्रतिशत, आरबीसीएलको ०.४८ प्रतिशत, सलिकोको ०.१७ प्रतिशत, सानिमा जिआइसीको १.०८ प्रतिशत, शिखरको ०.६८ प्रतिशत, शिखरको ०.६८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८६ प्रतिशत, युनाइटेड अजोडको ०.२२ प्रतिशत, हिमालयन रि को १.९३ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको १.३७ प्रतिशतले बढेको छ ।
यसका साथै एशियन लाइफको ०.६४ प्रतिशत, सिटिजन लाइफको ०.९३ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.८२ प्रतिशत, हिमालयन लाइफको १.२४ प्रतिशत, आइएमई लाइफको ०.३२ प्रतिशत, एलआइसी नेपालको ०.८६ प्रतिशत, नेपाल लाइफको ०.८१ प्रतिशत, नेशनल लाइफको ०.५१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.०६ प्रतिशत, रिलाबयल नेपाल लाइफको ०.९५ प्रतिशत, सूर्यज्योति लाइफको १.६२ प्रतिशत, सन नेपाल लाइफको ०.८९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.५३ प्रतिशतले बढेको छ ।
आज दुई बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ । क्रेष्ट माइक्रो लाइफको सेयरभाउ ५.५५ प्रतिशतले घटेर १२४४.९० रुपैयाँ कायम भएको छ भने हिमालयन एभरेष्टको ०.१७ प्रतिशतले घटेर ५३५ रुपैयाँ कायम भएको छ ।

