शुक्रबार, जेष्ठ २९,२०८३ 12:39:59
Bizshala
  • शुक्रबार, जेष्ठ २९,२०८३ 12:39:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फिफा विश्वकप २०२६ मा पहिलोपटक अर्बपति खेलाडीहरू मैदानमा, सबैभन्दा धनी को ?

Laxmi Sunrise Bank Limited
फिफा विश्वकप २०२६ मा पहिलोपटक अर्बपति खेलाडीहरू मैदानमा, सबैभन्दा धनी को ?
Shivam Cement

काठमाण्डौ । फोर्ब्सले फिफा विश्वकप २०२६ मा सहभागी हुने सबैभन्दा धनी फुटबल खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा पोर्चुगलका स्टार फुटबलर क्रिष्टीयानो रोनाल्डो पहिलो स्थानमा छन् भने अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी दोस्रो स्थानमा रहेका छन्।

रोनाल्डो र मेसी दुवैको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको अनुमान गरिएको छ। फोर्ब्सका अनुसार, विश्वकपमा सहभागी शीर्ष ११ खेलाडीहरूले प्रतियोगिता सुरु हुनुअघि पछिल्लो १२ महिनामा संयुक्त रूपमा ९५० मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन्।

फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजनामा हुँदैछ। यस संस्करणमा पहिलोपटक ४८ टोली सहभागी हुनेछन् र कुल १०४ खेल खेलाइनेछन्।

४१ वर्षीय क्रिस्टियानो रोनाल्डो हाल विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फुटबल खेलाडी हुन्। पछिल्लो एक वर्षमा उनको अनुमानित आम्दानी ३०० मिलियन अमेरिकी डलर पुगेको छ।

Bizshala
New Office
CG Motors

यस रकममध्ये २३५ मिलियन डलर तलब तथा बोनसबाट प्राप्त भएको हो भने बाँकी ६५ मिलियन डलर विज्ञापन, ब्रान्ड साझेदारी तथा अन्य व्यावसायिक गतिविधिबाट आएको हो।

अल नासर एफसीबाट खेलिरहेका रोनाल्डो १ अर्ब डलरभन्दा बढी नेटवर्थ भएका सक्रिय खेलाडीहरूमध्ये एक हुन्। उनको वार्षिक आम्दानी बक्सिङका महान खेलाडी फ्लोयड मे बेदर जुनियरले कायम गरेको एक वर्षको सर्वाधिक खेलाडी आम्दानीको कीर्तिमानसँग बराबरीमा पुगेको बताइएको छ। यो रोनाल्डोको करियरको छैटौँ विश्वकप सहभागिता हो।

अर्जेन्टिनालाई पछिल्लो विश्वकप उपाधि दिलाएका लियोनेल मेसी सूचीको दोस्रो स्थानमा छन्। उनले पछिल्लो १२ महिनामा १४० मिलियन अमेरिकी डलर आम्दानी गरेका छन्।

उनको आम्दानीको विशेषता भनेको मैदानभित्र र मैदानबाहिरको आम्दानी लगभग बराबर रहेको हो। उनले ७० मिलियन डलर खेलबाट तथा ७० मिलियन डलर विज्ञापन र व्यवसायिक गतिविधिबाट कमाएका छन्।

इन्टर मायामीका लागि खेलिरहेका मेसीको नेटवर्थ करिब १.१ अर्ब डलर रहेको अनुमान गरिएको छ। रोनाल्डोझैँ यो पनि उनको छैटौँ विश्वकप हुनेछ। यदि मेसीले यस विश्वकपमा थप ४ गोल गर्न सके भने, उनले मिरस्लोभ क्लोसेको १६ गोलको कीर्तिमान तोड्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन्।

Garima Development Bank
Shivam Cement
Bizshala

फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे ९५ मिलियन डलर वार्षिक आम्दानीसहित तेस्रो स्थानमा छन्। रियल म्याड्रिटका यी खेलाडी अहिले विश्व फुटबलका सबैभन्दा प्रभावशाली ब्रान्डमध्ये एक मानिन्छन्।

त्यसैगरी, इर्लिङ हालान्ड ८० मिलियन डलर आम्दानीसहित चौथो स्थानमा छन्। उनी म्यान्चेस्टर सिटीबाट खेल्छन्। ब्राजिलका भिन्सियस जुनियर ६० मिलियन डलर आम्दानीसहित पाँचौँ स्थानमा रहेका छन्।

यस सूचीको सबैभन्दा ठूलो आश्चर्य स्पेनका १८ वर्षीय प्रतिभाशाली खेलाडी लामिन यामाल हुन्। उनले पछिल्लो एक वर्षमा ४३ मिलियन डलर आम्दानी गर्दै नवौँ स्थान हासिल गरेका छन्। 

यस्तै, मोहमद सलाह ५५ मिलियन डलर सहित छ्रैठौँ, साडियो माने ५४ मिलियन डलरसहित सातौँ , जुडे बेलिङघाम ४४ मिलियन डलरसहित आठौँ, ह्यारी केन ४१ मिलियन डलर दशौँ र नेयमार ८ मिलियन डलरसहित एघारौँ स्थानमा छन् ।

फोर्ब्सले तयार गर्ने यस्तो सूचीमा खेलाडीको पछिल्लो १२ महिनाको तलब, बोनस, इमेज राइट्स, प्रायोजन तथा विज्ञापनबाट प्राप्त आम्दानीलाई समावेश गरिन्छ।

तर व्यक्तिगत लगानीबाट प्राप्त प्रतिफल, कर, ट्रान्सफर शुल्क तथा एजेन्टलाई तिरिने कमिसनलाई भने गणनामा समावेश गरिँदैन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.