मंगलवार, श्रावण ५,२०८३ 04:39:04
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 04:39:04
Bizshala
Global IME Bank Limited

पोखरामा दिगो पर्यटन प्रवर्द्धनका लागि रु १.३० अर्बको नयाँ परियोजना

पोखरामा दिगो पर्यटन प्रवर्द्धनका लागि रु १.३० अर्बको नयाँ परियोजना
New Office

काठमाण्डौ । दिगो पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले एसियाली विकास बैंक (एडीवी) को आर्थिक सहयोगमा नयाँ विकास परियोजना अघि बढाउने भएको छ।  

शहरी विकास, उत्थानशीलता र जीवनयापन सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत पञ्चासे क्षेत्रलाई जोड्ने गरी साइकल लेनसहितको पहुँच मार्ग तथा अनुसन्धान केन्द्र निर्माण गरिने भएको हो।

महानगरपालिका–२३ घाँटीछिनादेखि कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासे भञ्ज्याङसम्म पुग्ने उक्त विशेष मार्गका लागि बोलपत्रसम्बन्धी कागजात तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको पोखरा महानगरपालिकाले जनाएको छ।  

महानगरका अनुसार कार्यपालिकाको पछिल्लो बैठकले प्रतिवेदन पारित गरेसँगै परियोजना कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।

करिब रु १ अर्ब ३० करोड लागत अनुमान गरिएको यो आयोजनालाई पोखराको पर्यटन पूर्वाधार विस्तारको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। 

महानगरले यस परियोजनाले दिगो शहरी यातायात, पर्यावरणमैत्री पूर्वाधार विकास तथा जैविक विविधताको अध्ययन–अनुसन्धानमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

पर्यटन विज्ञहरूका अनुसार पञ्चासे क्षेत्रलाई व्यवस्थित पहुँच मार्गसँग जोडिँदा पोखराको पर्यटकीय सर्किट अझ विस्तार हुने र ग्रामीण पर्यटनमा समेत नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.