शुक्रबार, असार १२,२०८३ 06:03:17
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 06:03:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जर्मनीको दमदार शुरुवात, कुरासाओमाथि ७–१ को फराकिलो जीत

Laxmi Sunrise Bank Limited
जर्मनीको दमदार शुरुवात, कुरासाओमाथि ७–१ को फराकिलो जीत

काठमाण्डौ । चार पटकको विश्व विजेता जर्मनीले जारी विश्वकपमा दमदार प्रदर्शन गर्दै समूह ‘ई’ को आफ्नो पहिलो खेलमा प्रभावशाली जीत दर्ता गरेको छ।

अमेरिकाको ह्युस्टनमा सम्पन्न खेलमा जर्मनीले पहिलो पटक विश्वकपमा सहभागी कुरासाओलाई ७–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुआत गरेको हो।  

New Office
CG Motors
Garima Development Bank

नवप्रवेशी टोलीले एक गोल फर्काए पनि जर्मनीको आक्रामक खेलले सम्पूर्ण खेलमा दबाब कायम राख्यो।

खेलको छैटौँ मिनेटमै जर्मनीले अग्रता लिएको थियो। फ्लोरियन भिर्ट्सको उत्कृष्ट पासमा फेलिक्स नेम्चाले गरेको सटिक प्रहार जारी विश्वकपकै सबैभन्दा छिटो गोलमध्ये एक बनेको थियो।  

तर, खेलको २१औँ मिनेटमा कुरासाओले अप्रत्याशित रूपमा बराबरी गोल फर्काउँदै जर्मनीलाई केही समय चकित पारेको थियो।

करिब १ लाख ५५ हजार जनसंख्या भएको क्यारिबियन टापु राष्ट्रका लागि लिभानो कोमेनेन्सियाले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार डिफ्लेक्ट हुँदै जर्मन गोलरक्षक म्यानुएल नुएरलाई पराजित गरेको थियो।  

यो गोल कुरासाओको विश्वकप इतिहासमा पहिलो सहभागिताको स्मरणीय क्षण बनेको छ।

४० वर्षको उमेरमा आफ्नो पाँचौँ विश्वकप खेलिरहेका नुएरले यससँगै जर्मनीका सबैभन्दा अनुभवी अन्तर्राष्ट्रिय खेलाडीका रूपमा लोथार म्याथाउसको कीर्तिमानलाई पछि पार्दै नयाँ उपलब्धि हासिल गरेका छन्।

बराबरीपछि केही समय संघर्ष गरेको जर्मनीले त्यसपछि खेलमा पूर्ण नियन्त्रण जमायो। 

प्रशिक्षक जुलियन नेगल्सम्यानको रणनीतिक निर्देशनपछि टोलीले आक्रामक लय समातेको थियो। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

३८औँ मिनेटमा निको श्लोटरबेकले हेडरमार्फत पुनः अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयमा फेलिक्स नेम्चामाथि भएको फाउलपछि प्राप्त पेनाल्टीलाई काइ हाभर्ट्जले सहज रूपमा गोलमा परिणत गर्दै जर्मनीलाई ३–१ को मजबुत अग्रता दिलाए।

दोस्रो हाफ शुरु भएको केवल ६९ सेकेन्डमै जमाल मुसियालाले जोशुआ किमिखको पासलाई गोलमा परिणत गर्दै जर्मनीको पकड अझ बलियो बनाए।

त्यसपछि नाथानिएल ब्राउन, डेनिज उन्डाभ र पुनः हाभर्ट्जले थप गोल गर्दै जर्मनीलाई ७–१ को फराकिलो जीत दिलाए।

यो जितले २०१४ विश्वकपको सेमिफाइनलमा ब्राजिलविरुद्धको ऐतिहासिक ७–१ को नतिजाको स्मरण गराएको छ।  

सोही वर्ष जर्मनीले अन्तिम पटक विश्वकप उपाधि जितेको थियो।  

यस जितसँगै जर्मनी विश्वकप इतिहासमा सर्वाधिक २३९ गोल गर्ने राष्ट्र बनेको छ र उसले ब्राजिललाई पछि पारेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.