मंगलवार, असार १६,२०८३ 03:20:07
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:20:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एलन मस्कलाई चीनको झट्का, लञ्च गर्यो पहिलो कमर्सियल ब्रेन चिप

Laxmi Sunrise Bank Limited
एलन मस्कलाई चीनको झट्का, लञ्च गर्यो पहिलो कमर्सियल ब्रेन चिप

काठमाण्डौ । ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) प्रविधिलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउने प्रतिस्पर्धामा चीनले विश्वका धनी व्यवसायी एलन मस्कलाई पछाडि पारेको छ। चीनले मस्कको कम्पनी न्यूरालिंक भन्दा एक कदम अघि बढ्दै सफल क्लिनिकल परीक्षणपछि विश्वकै पहिलो व्यावसायिक प्रयोगका लागि स्वीकृत ब्रेन चिप विकास गरेको छ।

नियो नामक सिक्काको आकारको इम्प्लान्ट व्यावसायिक प्रयोगका लागि क्लिनिकल परीक्षण सफलतापूर्वक पार गर्ने विश्वकै पहिलो शल्यक्रियामार्फत प्रत्यारोपण गरिने ब्रेन–कम्प्युटर इन्टरफेस उपकरण बनेको छ। हाल यो उपकरण ११ जना व्यक्तिमाथि परीक्षणको चरणमा रहेको छ।

टीसिङहुवा युनिभर्सिटी र न्यूरेकेल टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा नियो विकास गरेका हुन्। यसको पहिलो संस्करण विशेष रूपमा मेरुदण्डमा चोट लागेका तथा प्यारालाइसिस भएका बिरामीलाई आफ्नो स्नायु प्रणालीका केही कार्यहरूमा पुनः नियन्त्रण प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको हो।

अनुसन्धानकर्ता, प्रविधि कम्पनीहरू तथा लगानीकर्ताहरूले बीसीआईलाई मानिस र मेसिनबीचको अन्तरक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउने प्रविधिका रूपमा हेरेका छन्। यो उपलब्धि त्यस्तो समयमा आएको हो, जब न्यूरालिंकले अमेरिकामा मानव परीक्षण गरिरहेको भए पनि उसले अझै व्यावसायिक प्रयोगका लागि नियामक निकायबाट अन्तिम स्वीकृति प्राप्त गरेको छैन।

New Office
CG Motors
Garima Development Bank

बीसीआई प्रणालीले मस्तिष्कबाट उत्पन्न हुने संकेतहरूलाई डिजिटल कमाण्डमा रूपान्तरण गर्छ, जसको माध्यमबाट कम्प्युटर, इलेक्ट्रोनिक उपकरण वा कृत्रिम अंगहरू नियन्त्रण गर्न सकिन्छ। मस्कले यस प्रविधिले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने धारणा पटक–पटक व्यक्त गरेका छन्। न्यूरालिंकका अनुसार भविष्यमा यसको इम्प्लान्ट प्रयोगकर्ताले आफ्ना विचार मात्र प्रयोग गरेर टाइप गर्न तथा विभिन्न उपकरण सञ्चालन गर्न सक्नेछन्।

मस्कले यसलाई ‘जिसस लेबल टेक्नोलोजी’ भन्दै यस्तो प्रविधिले पक्षाघातग्रस्त व्यक्तिहरूलाई पुनः नियन्त्रण दिलाउन र दृष्टिविहीनलाई दृष्टि फिर्ता गराउन सक्ने बताएका छन्।

विश्लेषकहरूका अनुसार चीनको तीव्र प्रगतिको प्रमुख कारण नियोको डिजाइन हो।

न्यूरालिंकको एनवान उपकरणमा इलेक्ट्रोडहरू मस्तिष्कको सेरेब्रल कोर्टेक्सभित्र प्रत्यारोपण गर्नुपर्छ। तर नियोलाई खोपडी र मस्तिष्कबीचको स्थानमा राख्न मिल्ने गरी डिजाइन गरिएको छ। यसमा आठवटा सेन्सर मस्तिष्कलाई सुरक्षा गर्ने बाहिरी झिल्ली ड्युरा मेटर नजिक जडान गरिन्छ, जसले शल्यक्रियालाई तुलनात्मक रूपमा कम जटिल र कम आक्रामक बनाउँछ।

यो इम्प्लान्टले मस्तिष्कीय संकेतहरू संकलन गरी नजिकको कम्प्युटरमा पठाउँछ, जहाँ ती संकेतहरूलाई डिजिटल आदेशमा रूपान्तरण गरिन्छ। चीनले हालसम्म ३६ जना बिरामीमा यसको परीक्षण गरिसकेको छ र प्रारम्भिक नतिजाहरू सकारात्मक देखिएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार कम आक्रामक विधिले ब्रेन इम्प्लान्टसँग सम्बन्धित परम्परागत चिकित्सा जोखिमहरू कम गर्न मद्दत गर्न सक्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कसलाई लाभ पुग्न सक्छ ?

विशेषज्ञहरूका अनुसार बीसीआई प्रविधिले स्नायुसम्बन्धी रोगबाट पीडित लाखौं मानिसको जीवनस्तर सुधार गर्न सक्छ। विशेष गरी हिँडडुल गर्न, बोल्न वा शरीरको नियन्त्रण गुमाएका व्यक्तिहरूलाई यसबाट ठूलो लाभ पुग्ने अपेक्षा गरिएको छ।

यसको सम्भावित प्रयोग क्षेत्रहरूमा निम्न अवस्थाहरू समावेश छन्ः

पक्षघात

मेरुदण्डको चोट

पार्किसन डिजिज

इपालइप्सी

स्ट्रोक

डिप्रेशन

गोपनीयता र साइबर सुरक्षासम्बन्धी चिन्ता

चीनमा बीसीआई प्रविधिको तीव्र विकाससँगै गोपनीयता, सुरक्षा र साइबर जोखिमबारे पनि बहस बढेको छ। ग्रीफिन युनिभर्सिटीका साइबर सुरक्षा विशेषज्ञ  डेबिट टोफलेका अनुसार यस्ता उपकरणहरू अत्यन्त उपयोगी भए पनि नयाँ प्रकारका जोखिमहरू पनि उत्पन्न गर्न सक्छन्।

उनका अनुसार सैद्धान्तिक रूपमा ह्याकरहरूले संवेदनशील न्यूरल डाटा वा व्यक्तिको मस्तिष्कीय गतिविधिसम्बन्धी जानकारीमा पहुँच प्राप्त गर्ने जोखिम रहन सक्छ।

न्यूरालिंकको एनवान इम्प्लान्ट हाल ९ जना बिरामीमा परीक्षण भइरहेको छ। परीक्षणमा सहभागी अउड्रे क्रुजले आफ्नो अनुभव साझा गर्दै भनिन्, ‘मैले २० वर्षपछि पहिलो पटक आफ्नो नाम लेख्ने प्रयास गरेँ। म यसमा निरन्तर अभ्यास गरिरहेकी छु। मेरो यो यात्राले न्यूरालिंकलाई प्रविधि अझ सुधार गर्न मद्दत गरिरहेको छ भन्ने कुरा गर्वको विषय हो। एक दिन लाखौं मानिसहरूले आफ्नो मस्तिष्कको सहायता लिएर विभिन्न उपकरणहरू नियन्त्रण गर्न सक्नेछन्।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.