बुधबार, असार १०,२०८३ 05:41:41
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:41:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मधेश प्रदेशमा सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो, थप १० प्रतिशत प्रोत्साहन भत्ता

Laxmi Sunrise Bank Limited
मधेश प्रदेशमा सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो, थप १० प्रतिशत प्रोत्साहन भत्ता

काठमाण्डौ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत प्रदेशका सरकारी कर्मचारीहरूको तलब तथा सुविधामा वृद्धि गर्ने घोषणा गरेको छ।

सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गरिने जानकारी दिएका हुन्।

New Office
CG Motors
Garima Development Bank

अर्थमन्त्री भट्टराईका अनुसार कर्मचारीको मनोबल उच्च बनाउने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा कार्यसम्पादनमा आधारित प्रशासनिक संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले तलब वृद्धिको व्यवस्था गरिएको हो।

तलब वृद्धिसँगै कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइने व्यवस्था पनि बजेटमा समेटिएको छ।

प्रदेश सरकारले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरेर जिम्मेवारी र नतिजामुखी कार्यशैलीलाई बढावा दिन खोजेको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस व्यवस्थाबाट कर्मचारीहरूलाई सेवाप्रति थप उत्तरदायी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बजेट भाषणका क्रममा अर्थमन्त्री भट्टराईले प्रदेश सरकार सुशासन, सेवा प्रवाह सुधार र प्रशासनिक दक्षता अभिवृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै कर्मचारीको क्षमता र उत्पादकत्व बढाउन विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिने बताए।

तलब वृद्धि र प्रोत्साहन भत्ताको व्यवस्थाले प्रदेश सरकारको चालु खर्चमा थप भार पर्ने भएपनि सार्वजनिक सेवाको गुणस्तर सुधार तथा कर्मचारीको कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास प्रदेश सरकारले लिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.