मंगलवार, असार १६,२०८३ 03:21:21
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:21:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्पेसएक्सको उडान जारी, अमेजनलाई उछिन्ने संघारमा एलन मस्कको कम्पनी

Laxmi Sunrise Bank Limited
स्पेसएक्सको उडान जारी, अमेजनलाई उछिन्ने संघारमा एलन मस्कको कम्पनी

काठमाण्डौ । अमेरिकी अन्तरिक्ष तथा प्रविधि कम्पनी स्पेसएक्सको सेयर मूल्यमा ऐतिहासिक वृद्धि जारी रहँदा कम्पनी विश्वकै सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा तीव्र गतिमा उक्लिएको छ। हालै सम्पन्न भएको इतिहासकै सबैभन्दा ठूलो आईपीओ पछि कम्पनीको मार्केट क्याप २.५ ट्रिलियन डलर नाघेको छ।

सोमबारको कारोबारमा स्पेसएक्सको सेयर करिब २० प्रतिशतले बढ्दै १९२.५० डलरमा बन्द भएको थियो। कारोबारकै क्रममा सेयर मूल्य २२० डलरसम्म पुगेपछि कम्पनीको बजार मूल्य करिब २.९ ट्रिलियन डलरसम्म पुगेको थियो। बन्द मूल्यका आधारमा कम्पनीको बजार मूल्य २.५१९ ट्रिलियन डलर कायम भएको छ।

मंगलबार प्रि–मार्केट कारोबारमा पनि स्पेसएक्सको सेयर १० प्रतिशतभन्दा बढीले बढेर २११ डलरभन्दा माथि पुगेको छ। यदि नियमित कारोबारमा पनि यही वृद्धि कायम रह्यो भने कम्पनीले बजार मूल्यका आधारमा अमेजनलाई उछिन्ने सम्भावना देखिएको छ। अमेजनको बजार मूल्य हाल करिब २.६६ ट्रिलियन डलर रहेको बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

यसअघि स्पेसएक्सले टीएसएमसीलाई समेत पछाडि पार्दै विश्वको छैटौं सबैभन्दा मूल्यवान कम्पनीको स्थान बनाएको थियो।

हाल स्पेसएक्सभन्दा अगाडि रहेका प्रमुख कम्पनीहरूमा एनभिडिया, अल्फाबेट, एप्पल,माइक्रोसफ्ट र अमेजन रहेका छन्। हाल एनभिडिया ५.१४५ ट्रिलियन डलरका साथ विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्पेसएक्सले गत साता ८५.७ अर्ब डलर संकलन गर्दै विश्वकै सबैभन्दा ठूलो आईपीओ सम्पन्न गरेको थियो। कम्पनीको सेयर बजारमा प्रवेशसँगै संस्थापक एलन मस्कको सम्पत्तिमा समेत ठूलो वृद्धि भएको छ।

विश्लेषकहरूका अनुसार अन्तरिक्ष प्रक्षेपण सेवा, स्टारलिंक स्याटेलाइट इन्टरनेट व्यवसाय तथा भविष्यका प्रविधिमाथिको लगानीका कारण लगानीकर्ताहरू स्पेसएक्सप्रति अत्यन्त आशावादी देखिएका छन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.