मंगलवार, असार १६,२०८३ 03:21:46
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:21:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकले यथावत् राख्यो ब्याजदर

Laxmi Sunrise Bank Limited
अमेरिकी केन्द्रीय बैंकले यथावत् राख्यो ब्याजदर

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले आफ्नो प्रमुख ब्याजदर ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतको दायरामै कायम राख्ने निर्णय गरेको छ। फेडकायाँ अध्यक्ष केभिन वार्सको नेतृत्वमा सम्पन्न पहिलो मौद्रिक नीति बैठकले बढ्दो मुद्रास्फीति र मध्यपूर्वको भू–राजनीतिक तनावलाई ध्यानमा राख्दै दर यथावत् राख्ने निर्णय गरेको हो।

फेडको नीतिनिर्माण निकाय फेडरल ओपन मार्केट कमिटीले अमेरिकी अर्थतन्त्र अनिश्चितताबीच पनि सन्तोषजनक गतिमा विस्तार भइरहेको, रोजगारीको अवस्था स्थिर रहेको तथा बेरोजगारी दरमा खासै परिवर्तन नआएको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

बैठकपछि सार्वजनिक गरिएको आर्थिक प्रक्षेपणअनुसार फेडका धेरै अधिकारीहरूले सन् २०२६ भित्र ब्याजदर कटौतीभन्दा वृद्धि हुने सम्भावना बढी देखेका छन्। यसले आगामी महिनाहरूमा अमेरिकी मौद्रिक नीति थप कडाइतर्फ जान सक्ने संकेत दिएको छ।

अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले विगतमा ब्याजदर घटाउन दबाब दिँदै आएका भए पनि फेडले मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिएको देखिएको छ। हाल अमेरिकामा मुद्रास्फीति दर ३.८ प्रतिशतको हाराहारीमा रहेको छ, जुन फेडको २ प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा उल्लेख्य रूपमा माथि छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ अध्यक्ष वार्शले फेडको सञ्चार शैलीमा पनि परिवर्तन सुरु गरेका छन्। यसपटकको नीतिगत वक्तव्य अघिल्ला वक्तव्यहरूको तुलनामा निकै छोटो राखिएको छ। उनले भविष्यका नीतिगत निर्णयबारे अत्यधिक संकेत दिनुभन्दा तथ्यमा आधारित सञ्चारलाई प्राथमिकता दिने बताएका छन्।

वार्शले फेडको सञ्चार प्रणाली, ब्यालेन्स सिट, आर्थिक तथ्यांकको प्रयोग, उत्पादकता तथा रोजगारीबीचको सम्बन्ध, र मुद्रास्फीति व्यवस्थापनको ढाँचाको समीक्षा गर्न पाँचवटा कार्यदलसमेत गठन गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.