मंगलवार, असार १६,२०८३ 02:01:39
Bizshala
  • मंगलवार, असार १६,२०८३ 02:01:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले संसदमा बजेटमाथिका प्रश्नको जवाफ दिने

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले संसदमा बजेटमाथिका प्रश्नको जवाफ दिने

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।

प्रतिनिधिसभाको कार्यसूचीअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रअन्तर्गत रहेका मन्त्रालय तथा निकायहरूको बजेटमाथि छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको सम्बोधन अर्थमन्त्री वाग्लेले गर्नेछन्।

New Office
CG Motors
Garima Development Bank

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका छन्। त्यसैले रक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने भए पनि उनको अनुपस्थितिमा उक्त जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिइएको छ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकहरूमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले नै दिने कार्यक्रम रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्थमन्त्री वाग्लेले सोही अवसरमा अर्थ मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरूमाथि उठेका प्रश्नहरूको समेत जवाफ दिने कार्यसूची तय भएको छ।

यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको संसदीय छलफलका क्रममा पनि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले नै संसदमा धारणा राख्दै उठेका प्रश्नहरूको जवाफ दिएका थिए। बजेटमाथिको छलफलमा समेत प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई नै प्रदान गरिएको बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.