मंगलवार, असार १६,२०८३ 02:00:15
Bizshala
  • मंगलवार, असार १६,२०८३ 02:00:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाले विद्युतीय मतदान प्रणाली अपनाउने, विदेशमा रहेका प्रतिनिधि समेत सहभागी हुनसक्ने

Laxmi Sunrise Bank Limited
रास्वपाले विद्युतीय मतदान प्रणाली अपनाउने, विदेशमा रहेका प्रतिनिधि समेत सहभागी हुनसक्ने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेतृत्व चयन प्रक्रियालाई थप आधुनिक, छिटो र व्यवस्थित बनाउन विद्युतीय मतदान (ई–भोटिङ) प्रणाली प्रयोग गर्ने तयारी गरेको छ। पार्टीले पहिलोपटक नेतृत्व चयनका लागि इलेक्ट्रोनिक मतदान प्रणाली अपनाउन लागेको हो।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार मतदानका लागि रामलक्ष्मण कम्पनीद्वारा विकसित विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ। उक्त प्रणाली प्रयोगका लागि कम्पनीलाई २५ लाख रुपैयाँ भुक्तानी गरिसकिएको उनले जानकारी दिए। नेपालमै विकसित यो प्रविधि यसअघि पनि विभिन्न संस्थागत तथा राजनीतिक निर्वाचनमा प्रयोग हुँदै आएको बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

रास्वपाले विदेशमा रहेका प्रतिनिधिहरूलाई समेत मतदानमा सहभागी गराउने व्यवस्था मिलाएको जनाएको छ। पार्टीका अनुसार करिब ४० देशमा रहेका प्रतिनिधिहरूले नेतृत्व चयन प्रक्रियामा आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विद्युतीय मतदान प्रणालीले मतगणना प्रक्रिया छिटो बनाउने, नतिजा सार्वजनिक गर्न लाग्ने समय घटाउने तथा निर्वाचनलाई थप पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.