काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७२ हजार ६३४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र लिखित निवेदन दिनु पर्नेछ ।

