काठमाण्डौ । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू–भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ, तराईमा मौसम मूख्यतया सफा रहेको छ । मधेश प्रदेशका धेरै स्थानमा, कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
कोशी र मधेश प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तातो लहर हुने सम्भावना छ ।
आज राती कोशी, मधेश, बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

