मंगलवार, असार १६,२०८३ 08:50:56
Bizshala
  • मंगलवार, असार १६,२०८३ 08:50:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतद्वारा अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको कडा निन्दा

Laxmi Sunrise Bank Limited
भारतद्वारा अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको कडा निन्दा

काठमाण्डौ । भारतले अफगानिस्तानको भूमिमा पाकिस्तानले गरेको हवाई तथा स्थल सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेको छ। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई अफगानिस्तानको सार्वभौमिकता उल्लङ्घन भएको बताउँदै क्षेत्रीय शान्ति र स्थिरतामाथि गम्भीर खतरा भएको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार पाकिस्तानद्वारा गरिएका यी आक्रमणहरूमा महिला र बालबालिका सहित सर्वसाधारणको मृत्यु भएको विषय अत्यन्त चिन्ताजनक छ। भारतले यसलाई गम्भीर आक्रामक कार्य भन्दै अस्वीकार्य भएको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

भारतले पाकिस्तानको यस्तो व्यवहारले उसको लापरवाह प्रवृत्ति झल्काउने बताउँदै आन्तरिक समस्याबाट ध्यान मोड्न यस्ता कदम चालिने गरिएको उल्लेख गरको छ। साथै भारतले अफगानिस्तानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति आफ्नो दृढ समर्थन दोहोर्याएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिपोर्टअनुसार पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रान्तहरूमा लक्षित हवाई तथा स्थल अभियान सञ्चालन गरेको थियो। पाकिस्तानले भने यी कारबाहीहरू आतंकवादी समूहविरुद्ध भएको दाबी गरेको छ र करिब २९ लडाकु मारिएको बताएको छ।

तर अफगानिस्तानको तालिबान सरकारले यी आक्रमणमा दर्जनौँ सर्वसाधारण, जसमा महिला र बालबालिका पनि छन्, मारिएको दाबी गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.