मंगलवार, श्रावण १२,२०८३ 04:40:36
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 04:40:36
Bizshala
Global IME Bank Limited

मुद्रास्फीति औसतमा लक्ष्यभित्र, विदेशी सञ्चितिले १९ महिनाको आयात धान्ने

मुद्रास्फीति औसतमा लक्ष्यभित्र, विदेशी सञ्चितिले १९ महिनाको आयात धान्ने
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ मा अधिकांश आर्थिक तथा मौद्रिक सूचकहरू लक्ष्यकै दायराभित्र देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनले मुद्रास्फीति औसतमा नियन्त्रणमै रहेको, बाह्य क्षेत्र मजबुत बनेको तर निजी क्षेत्रमा जाने कर्जा विस्तार भने अपेक्षाकृत कमजोर रहेको देखाएको हो।

सरकारले चालु आर्थिक वर्षका लागि उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको थियो। राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको १० महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत मात्र रहेको छ। यद्यपि, २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति भने ५.०४ प्रतिशत पुगेको छ।

मौद्रिक नीतिले विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको थियो। तर २०८३ वैशाखसम्म विस्तृत मुद्रा प्रदायकको वृद्धिदर लक्ष्यभन्दा माथि १५.२ प्रतिशत पुगेको छ भने निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर ६.५ प्रतिशतमा सीमित भएको छ।

यसले वित्तीय प्रणालीमा तरलता बढे पनि कर्जाको माग र विस्तार अझै सुस्त रहेको संकेत गरेको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम रहे पनि निजी क्षेत्रको आत्मविश्वास, लगानी वातावरण र कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको देखिन्छ।

बाह्य क्षेत्र भने अत्यन्त मजबुत देखिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिले कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो। राष्ट्र बैंकको समीक्षा अनुसार २०८३ वैशाख मसान्तसम्म कायम विदेशी विनिमय सञ्चितिले १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ।

यस आधारमा मुलुकको बाह्य क्षेत्र सुरक्षित अवस्थामा देखिए पनि आन्तरिक अर्थतन्त्रमा कर्जा विस्तार र लगानी गतिविधि बढाउने चुनौती भने कायमै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.