मंगलवार, श्रावण ५,२०८३ 04:19:03
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 04:19:03
Bizshala
Global IME Bank Limited

स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्न संसदीय समितिको निर्देशन, १५ दिनभित्र कार्ययोजना माग

स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्न संसदीय समितिको निर्देशन, १५ दिनभित्र कार्ययोजना माग
New Office

काठमाण्डौ । संघीय संसद्को पूर्वाधार विकास समितिले देशभर स्वच्छ, गुणस्तरीय र सहज खानेपानी आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालय र निकायलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजना, समयसीमा र प्राथमिकतासहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।

समितिका सभापति आशिष गजुरेलले ७७ वटै जिल्लाका करिब ३ करोड नागरिकलाई पर्याप्त र शुद्ध खानेपानी कहिलेसम्म उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा सरकारसँग ठोस जवाफ माग गरिएको बताए।

उनले काठमाडौँ उपत्यकासहित मुलुकका धेरै क्षेत्रमा खानेपानीको समस्या दिनानुदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै स्वच्छ खानेपानीको व्यवस्था गर्नु राज्यको आधारभूत दायित्व भएको बताए।

‘आम नागरिकलाई शुद्ध खानेपानी कहिलेसम्म उपलब्ध हुन्छ भन्ने प्रश्नको ठोस उत्तर अझै प्राप्त हुन सकेको छैन,’ सभापति गजुरेलले भने, ‘त्यसैले १५ दिनभित्र स्पष्ट कार्ययोजना र टाइमलाइनसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका छौँ।’

समितिले सम्बन्धित आयोजना प्रमुखहरूसँग समन्वय गरी खानेपानी आयोजनाहरूको स्थलगत अनुगमन गर्ने तयारीसमेत गरेको छ। त्यसका लागि सरोकारवाला निकायहरूलाई आफ्ना प्राथमिकता, योजना र प्रगति विवरण उपलब्ध गराउन पत्राचार गरिने भएको छ।

प्राप्त कार्ययोजनाका आधारमा समितिले नियमन र अनुगमनको प्रक्रिया अघि बढाउने सभापति गजुरेलले जानकारी दिए।

बुधबारको बैठकमा खानेपानीका अतिरिक्त सडक सुरक्षा विधेयक र विपद्का समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो। ती विषयमा मन्त्रालयबाट भइरहेको कामबारे जानकारी लिइएको र समितिले निरन्तर फलोअप गर्ने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.