शुक्रबार, श्रावण १,२०८३ 06:08:14
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 06:08:14
Bizshala
Global IME Bank Limited

बजेटमा सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि, विवाद मिलाउन कांग्रेस–एमालेका केन्द्रीय नेता धनगढीमा

बजेटमा सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि, विवाद मिलाउन कांग्रेस–एमालेका केन्द्रीय नेता धनगढीमा
New Office

 

काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलहरूभित्रै असन्तुष्टि चर्किएपछि विवाद समाधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेका केन्द्रीय नेता धनगढी पुगेका छन्।

कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता डा. पुष्प कँडेल बुधबार बिहान एउटै विमानमार्फत धनगढी पुगेका हुन्। धनगढी पुगे लगत्तै दुवै नेता आ–आफ्नो दलका प्रदेशस्तरीय नेता, मन्त्री तथा प्रदेशसभा सदस्यहरूसँग छुट्टाछुट्टै छलफलमा जुटेका छन्।

धनगढीस्थित होटल रूवसमा भइरहेको छलफलमा आर्थिक वर्ष २०८३/८४ को बजेट, गठबन्धनभित्र देखिएको असन्तुष्टि र आगामी राजनीतिक रणनीतिबारे समीक्षा भइरहेको स्रोतले जनाएको छ।

कांग्रेस महामन्त्री पौडेलले केन्द्रीय सदस्य, नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य, मन्त्री र प्रदेशसभा सदस्यहरूसँग छलफल गरेका छन्। एमाले नेता डा. कँडेलले पनि सोही होटलको छुट्टै कक्षमा पार्टीका प्रदेशस्तरीय नेता, मन्त्री तथा सांसदहरूसँग बजेटका विषयमा छलफल गरिरहेका छन्।

दलभित्रको छलफलपछि दुवै नेताले मुख्यमन्त्री कमलबहादुर शाहसँग भेट गर्ने कार्यक्रम छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कांग्रेस महामन्त्री पौडेलसँग दिउँसो २ बजे भेटघाटको समय तय गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट असार १ गते सार्वजनिक गरेको थियो। तर, विवादका कारण उक्त बजेट प्रदेशसभामा २३ दिनपछि मात्रै पेस गरिएको थियो। मङ्गलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेट, विनियोजन विधेयक तथा अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए।

बजेट प्रदेशसभामा टेबुल भएसँगै सत्ता साझेदार एमालेले संशोधन प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएको छ। एमाले संसदीय दलले यसअघि नै बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव ल्याउने निर्णय गरिसकेको छ।

उता, सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि बजेटलाई लिएर एकमत देखिएको छैन। आफ्नै दलका सांसद र मन्त्रीहरूबाट समेत बजेटप्रति असहमति देखिएपछि मुख्यमन्त्री शाहमाथि राजनीतिक दबाब बढेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.