शनिबार, श्रावण २,२०८३ 05:44:14
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 05:44:14
Bizshala
Global IME Bank Limited

सरकारलाई सर्वोच्चको अर्को झट्का, निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने निर्णय खारेज

सरकारलाई सर्वोच्चको अर्को झट्का, निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने निर्णय खारेज
New Office

 

 काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी सूचना तथा विज्ञापन नदिने गरी गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार सरकारको उक्त निर्णय खारेज गरेको हो। सर्वोच्चको फैसलासँगै निजी सञ्चारमाध्यमहरूले पनि विगतमा जस्तै सरकारी सूचना तथा विज्ञापन प्राप्त गर्ने बाटो खुलेको छ।

सरकारको निर्णय गैरसंवैधानिक तथा गैरकानुनी भएको दाबी गर्दै नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले असार २३ गते नै फैसला सुनाउने मिति तय गरेको थियो।

सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने भन्दै नेपाल मिडिया सोसाइटीले निर्णय खारेजीको माग गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते सचिवस्तरीय निर्णय गर्दै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सार्वजनिक कोष प्रयोग गर्ने सबै निकायका सूचना तथा विज्ञापन गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न परिपत्र गरेको थियो।

सरकारको उक्त निर्णयको निजी सञ्चारमाध्यम तथा सञ्चारसम्बन्धी संस्थाहरूले विरोध गर्दै आएका थिए। निर्णयले निजी सञ्चारमाध्यमलाई विभेद गर्नुका साथै प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथि असर पुर्‍याएको उनीहरूको जिकिर थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.