सोमबार, श्रावण ११,२०८३ 07:07:05
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 07:07:06
Bizshala
Global IME Bank Limited

अस्पतालबाट डिस्चार्ज भए माजिद अन्सारी, मानवअधिकार आयोगको रोहबरमा हिरासतमुक्त

अस्पतालबाट डिस्चार्ज भए माजिद अन्सारी, मानवअधिकार आयोगको रोहबरमा हिरासतमुक्त
New Office

 

काठमाण्डौ । कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीको धरपकडका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा उनलाई प्रहरी हिरासतबाट समेत मुक्त गरिएको छ।

शनिबार कीर्तिपुरको होल्डिङ सेन्टर पुगेका अन्सारीमाथि प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको थियो। सोही क्रममा घाइते भएका उनको हिरासतमै स्वास्थ्य अवस्था बिग्रिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

 

अस्पतालले उपचार पूरा भएपछि बुधबार उनलाई डिस्चार्ज गरेको हो। डिस्चार्जसँगै मानव अधिकार आयोगका प्रतिनिधिको उपस्थितिमा प्रहरीले उनलाई हिरासतमुक्त गरेको बताइएको छ।

अन्सारीका कानुन व्यवसायीले घटनासँग सम्बन्धित बाँकी कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्। प्रहरीबाट भएको भनिएको दुर्व्यवहार तथा यातनाविरुद्धको अधिकारका विषयमा मानव अधिकार आयोगको प्रतिवेदनका आधारमा थप कदम चालिने उनीहरूको भनाइ छ।

अन्सारीमाथि भएको धरपकड र कुटपिटको विरोधमा मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज तथा जेनजी अभियन्ताहरूले सडकदेखि सदनसम्म आवाज उठाउँदै आएका थिए।

उनको उपचारमा लागेको सम्पूर्ण खर्च परिवारले नै बेहोरेको परिवार स्रोतले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.