बुधबार, श्रावण ६,२०८३ 01:25:24
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 01:25:24
Bizshala
Global IME Bank Limited

मनसुन पूर्वतयारीबारे राष्ट्रियसभामा प्रस्ताव, गृहमन्त्रीसँग ६ प्रश्न

मनसुन पूर्वतयारीबारे राष्ट्रियसभामा प्रस्ताव, गृहमन्त्रीसँग ६ प्रश्न
New Office

 

काठमाण्डौ ।  मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारी अपुग रहेको भन्दै प्रतिपक्षी दलहरूले राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्।

कांग्रेस राष्ट्रियसभा दलकी नेता कमला पन्त प्रस्तावक रहेको प्रस्तावलाई एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालका सांसदहरूले समर्थन गरेका छन्।

प्रस्तावमा २०८१ असोजको बाढीपहिरोअघि ५६ जिल्लामा चेतावनी जारी भए पनि प्रभावकारी पूर्वतयारी नहुँदा ठूलो क्षति भएको स्मरण गराइएको छ।

सरकारी अनुमानअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने जोखिम छ।

प्रस्तावमार्फत गृहमन्त्री सुधन गुरुङसँग राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन, जोखिमयुक्त बस्तीको सुरक्षा, उद्धार जनशक्ति तथा उपकरण, राहत कोष, तीन तहका सरकारबीचको समन्वय र पूर्वसूचना प्रणालीको प्रभावकारिताबारे जवाफ मागिएको छ।

त्यस्तै, मोबाइल नेटवर्क नपुग्ने दुर्गम क्षेत्र, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा स्थानीय भाषा मात्र प्रयोग गर्ने समुदायसम्म विपद् सूचना पुर्‍याउने वैकल्पिक व्यवस्थाबारे पनि सरकारसँग स्पष्ट जानकारी माग गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.