मंगलवार, जेष्ठ ५,२०८३ 04:04:22
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:04:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इन्ड्राइभ चालकले अब १०% कमिशन शुल्क तिर्नुपर्ने, बीमाको सेवा थपिँदै

Laxmi Sunrise Bank Limited
इन्ड्राइभ चालकले अब १०% कमिशन शुल्क तिर्नुपर्ने, बीमाको सेवा थपिँदै
Shivam Cement

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ ।  काठमाण्डौस्थित मेरियट होटलमा एक कार्यक्रम आयोजना गर्दै इन्ड्राइभले औपचारिक सेवाको सुरुवात गरेको हो ।  

इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ गर्ने जनाएको छ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १० प्रतिशतसम्म कमिशन शुल्क समेत लागू गरेको छ ।  

पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले पछिल्लो समय इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गरिएको छ । यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता समेत यस एपमा रहेको छ ।

इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्नेछन् । यो नयाँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।

Bizshala
New Office
CG Motors

इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भने “एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो । इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौं ।“

त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले भनिन् “नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको छ । इन्ड्राइभ अब नेपालमा आधिकारिक रूपमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रा प्रयोगकर्ताहरूलाई निर्वाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्टनरको रुपमा हामीले आइएमइसँग साझेदारी गरेका छौं ।”

साथै इन्ड्राइभले अब नेपालमा पनि छिट्टै कुरियर र कार्गो सर्भिस पनि ल्याउने पोखरेलले बताईन् । ‘भर्खरै दर्ता प्रक्रिया सकिएर अब औपचारिक रुपमा इन्ड्राइभले सेवा शुभारम्भ गरेको छ, पेमेन्ट पार्टनरका लागि आइएमई पे सँग सम्झौता गरी अझै व्यवस्थित बनाउने प्रयास गरेका छौं’ उनले भनिन्, ‘सम्पूर्ण राईडर र प्यासेन्जसरको यात्रा सुरक्षितका लागि बीमाको सुविधा समेत ल्याउने कार्ययोजना बनाएका छौं, छिट्टै बीमा कमपनीसँग सम्झौता गरी यो सेवा पनि थपिनेछ ।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.