आईतवार, असार १,२०८२ 10:48:35
  • आईतवार, असार १,२०८२ 10:48:35
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ७.९९% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ७.९९% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७.९९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ११ अर्ब ९ करोडको तुलनामा ८.४० प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ३६ लाख ,लगानी तथा कर्जा आम्दानी ४ अर्ब १२ करोड ६३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४८ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

यस्तै कम्पनीको अन्य आम्दानी ६ लाख ५२ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको ४ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोहि अवधिकाु तुलनामा ६.४८ प्रतिशतले धेरै हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्म कम्पनीले १६ अर्ब २६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४१ करोड ६२ लाख र रिटेन्ड अर्निङ १ अर्ब ३२ करोड ९२ लाख रुपैयाँबराबर रहेको छ ।  

कम्पनीको चुक्तापूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । कम्पनीको ईपीएस ८.१७ रुपैयाँबाट घटेर ७.२४ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९४९.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.६४ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.