सोमबार, असार २,२०८२ 05:07:17
  • सोमबार, असार २,२०८२ 05:07:17
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८% को पहिरो, खराब कर्जा अनुपात १२.५८%

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८% को पहिरो, खराब कर्जा अनुपात १२.५८%
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.४८ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि घटेको छ । खुद ब्याज आम्दानी २९.८१ प्रतिशतले घट्दै १९ करोड ४६ लाख रुपैयाँमा खम्चिएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले २७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म संस्थाको खुद सञ्चालन आम्दानी १९ करोड ६५ लाख र सञ्चालन मुुनाफा ६ करोड ५८ लाख रुपैयाँ रहेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड ५ लाख रुपैयाँ छुट्टाएको छ । संस्थाले कर्मचारीका लागि ८ करोड २ लाख र अन्य सञ्चालनका लागि ५ करोड १ लाख रुपैयाँ खर्च गरेको छ ।    

यो अवधिसम्म संस्थाको निक्षेप संकलन घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने २ अर्ब ४६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ। 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको कर्जा प्रवाह पनि घटेको छ । संस्थाले ३ अर्ब ६१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ३ अर्ब ६५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।    

संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात १२.५८ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ८.५५ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२४.०९ रुपैयाँ ,,प्रतिसेयर नेटवर्थ ३९५.०१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१.८१ गुणा ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८९७.७ रुपैयाँ र तरलता अनुपात ३९.७५ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.