मंगलवार, जेष्ठ ५,२०८३ 03:34:53
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:34:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजेटले पर्यटन क्षेत्रमा उत्साह त ल्यायो, तर करका समस्या समाधान भएनः देशबन्धु बस्नेत

Laxmi Sunrise Bank Limited
बजेटले पर्यटन क्षेत्रमा उत्साह त ल्यायो, तर करका समस्या समाधान भएनः देशबन्धु बस्नेत
Shivam Cement

काठमाण्डौ । । हवाई तथा पर्यटन समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पर्यटन क्षेत्रमा उत्साह ल्याएको तर करका समस्या भने समाधान नभएको बताएका छन् । 

बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने आशा देखिएको बस्नेत बताउँछन् । त्रिभुवन विमानस्थलको दोस्रो टर्मिनल निर्माण, निजगढको लगानी ढाँचा तयारी सक्ने, निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने जस्ता घोषणा भएकाले पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्नेमा उनी विश्वस्त देखिएका छन् ।  

‘बजेटले उड्डयन क्षेत्र विस्तारका लागि ३ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ भने नेपालको पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ। जसका कारण नेपालमा सहज रुपमा विदेशी पर्यटक भित्राएर सोही अनुरुप विदेशी मुद्रा आर्जन गर्न सकिनेछ,’ उनले भने‘पर्यटन पूर्वाधार विकासका साथै सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ। जनकपुरलाई ‘वेडिङ हब’रलुम्बिनीलाई ‘बर्थिङ हब’बनाइनुका साथै दुवैक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने विषय समावेश गरिएको छ।’  

यसले नेपालमा भौगोलिक वातावरणमा रमाउन चाहने विदेशी पर्यटकहरु आउने संख्यामा उल्लेखनीय वृद्धि हुने बस्नेतले दाबी गरे।

Bizshala
New Office
CG Motors

यसैगरी भरतपुर विमानस्थल विस्तार आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने, सुर्खेत विमानस्थलको स्तरोन्नति, रोल्पाको बडाचौर, दाङको टारीगाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने विषय बजेटमा समेटिनु सकारात्मक विषय भएको उनले बताए ।  ‘सञ्चालनमा नरहेका बलेवा, लामिडाँडा, मनाङ, बैतडी, रुम्झाटारलगायत आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्काइ ड्राइभिङलगायत मनोरञ्जनात्मक साहसिक पर्यटनको रुपमा उपयोग गरिने उल्लेख गरिएको छ। जसबाट विदेशी मात्र नभई आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ,’ उनले भने ।  

बस्नेतले सीमावर्ती क्षेत्रबाट स्वर्गद्वारी र मुक्तिनाथसम्म बससेवा, मध्य पहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका पर्यटकीय गन्तब्यमा होटल स्थापना गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराइने विषय समावेश भएकाले यसले निजी क्षेत्रलाई थप उत्साहित बनाएको बताए।

यद्यपी सरकारले यस गतवर्षबाट हवाईटिकटमा लगाएको मूल्य अभिबृद्धि कर नहटाउँदा त्यसले पर्यटन व्यवसायीको वास्तविक समस्या भने समाधान हुन नसकेको बस्नेतले जिकिर गरे। ‘नेपाल जस्तो मुलुकमा विमान खरिद गर्दा १३ प्रतिशत भ्याट र हवाई टिकटमा सोही अनुरुप भ्याट लगाईएको छ।जसका कारण विमान कम्पनीहरुले नयाँ विमान तथा विमानको पार्टपुर्जा खरिद गर्न सकिरहेका छैनन्, उनले भने’,‘अर्को महत्वपूर्ण विषय हामीले विदेशी पर्यटक आकर्षिक गर्न तारे होटलमा लगाईएको लक्बजरी कर हटाउनुपर्ने थियो तर त्यसलाई पनि यथावत राखियो।बजेट पर्यटन पूर्वाधार विकास र आगामी योजनाहरुलाई समावेश गरे पनि व्यवसायीका कर सम्बन्धी वास्तविक समस्या समाधान गर्न सकेन।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.