मंगलवार, असार १६,२०८३ 09:45:44
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:45:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको हृदयघातका कारण निधन

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको हृदयघातका कारण निधन

काठमाण्डौ । सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको निधन भएको छ । काफ्लेको हृदयघातका कारण ५० वर्षको उमेरमा गत जेठ २० गते निधन भएको हो ।

बैंकिङ सम्बन्धी एक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका बेला काफ्लेलाई  हृदयघात आएको थियो । उनी ‘बैंकिंग फाइनान्स एण्ड इन्योरेन्स’ नामक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका थिए । हृदयघातपश्चात उनलाई श्रीलंकाको नावालोका अस्पताल लगिएको थियो । जहाँ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

त्रिभुवन विश्वविद्यालयबाट एमबीएस गरेका काफ्लेसँग बैंकिङ क्षेत्रमा ३२ वर्षभन्दा बढीको अनुभव छ। उनको अनुभव र विशेषज्ञताका क्षेत्रहरूमा ट्रेड फाइनान्स, क्रेडिट सञ्चालन, शाखा व्यवस्थापन, बैंक सञ्चालन, सम्बन्ध व्यवस्थापन (कर्पोरेट क्रेडिट र एसएमई ऋण दुवैमा), परिचालन जोखिम व्यवस्थापन र अनुपालन समावेश छ। उनले ७ वर्षसम्म बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)को रुपमा सञ्चालनको नेतृत्व गरेका थिए ।  

उतले बैंकका विभिन्न विभागहरू जस्तै दायित्व मार्केटिङ (रिटेल बैंकिङ), केन्द्रीय सञ्चालन, केन्द्रीय प्रशासन, सूचना प्रविधि र ट्रेजरी व्यवस्थापनका क्षेत्रमा काम गरेका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.