सोमबार, जेष्ठ ४,२०८३ 02:53:16
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:53:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरधनीलाई उत्साहित बनाएको आइमएई लाइफले कर्मचारीको पनि ६१.७४% ले बढायो बोनस, तलब समेत वृद्धि

Laxmi Sunrise Bank Limited
सेयरधनीलाई उत्साहित बनाएको आइमएई लाइफले कर्मचारीको पनि ६१.७४% ले बढायो बोनस, तलब समेत वृद्धि
Shivam Cement

काठमाण्डौ । बीमा कम्पनीहरुमा लगानीकर्तालाई सर्वाधिक बोनस सेयर वितरण गरेको आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई समेत उत्कृष्ट बोनस वितरण गरेको छ ।  

कम्पनीले गत आर्थिक वर्षमा मात्रै कार्यरत आफ्ना कर्मचारीलाई २ करोड ३४ लाख ४३ हजार रुपैयाँ बोनस वितरण गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६१।७४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीले आफ्ना कर्मचारीलाई १ करोड ५० लाख ५१ हजार रुपैयाँ बोनस बाँडेको थियो ।  

बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले आर्थिक वर्षभरि आर्जन गरेको मुनाफाको १० प्रतिशत रकम कर्मचारीलाई बोनसको रुपमा वितरण गर्नुपर्ने प्रावधान छ ।  

आइएमई लाइफ इन्स्योरेन्सले प्रत्येक वर्ष व्यवसाय बढाउँदै लगानीको दायरा समेत बृद्धि गरेको छ । जसबाट कम्पनीले उल्लेख्य आम्दानी गरी आर्जित मुनाफाबाट कर्मचारीलाई उत्कृष्ट बोनस, सेयरधनीलाई लाभांश र बीमितहरुलाई समेत चलेको बोनसदर वितरण गर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा मात्रै २४ करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८७.१८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यसका साथै कम्पनीले गत आर्थिक वर्षमा कर्मचारीको तलब पनि ५.२२ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा कर्मचारी तलबका लागि  ७ करोड ८३ लाख रुपैयाँ खर्च गरेको कम्पनीले गत आर्थिक वर्षमा भने ८ करोड २४ लाख रुपैयाँ खर्चेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, तलबसँगै कर्मचारीहरुले पाउने भत्ता पनि ८.५९ प्रतिशतले बृद्धि भएको छ । गत आवमा कम्पनीले कर्मचारीलाई भत्ता स्वरुप ६ करोड ६२ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड ९ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।  

त्यस्तै, चाडपर्व भत्ताका लागि कम्पनीले १ करोड ३ लाख ३३ रुपैयाँ खर्च गरेको छ । यस्तो शीर्षकमा गरेको खर्च भने सामान्य घटेको छ । अघिल्लो आवमा कम्पनीले चाडपर्व भत्ता बापत कर्मचारीलाई १ करोड ३ लाख ३९ हजार रुपैयाँ खर्चेको थियो ।  

कम्पनीले कर्मचारीको स्वास्थ्य उपचार तथा बीमाका लागि भने गत वर्षमा १ करोड रुपैयाँ खर्च गरेको छ । यो रकम गत आवको तुलनामा १४०७.९५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले स्वास्थ्य तथा बीमाका लागि जम्मा ६ लाख ६७ हजार रुपैयाँ मात्रै खर्च गरेको थियो ।  

त्यस्तै, सामाजिक सुरक्षा कोषमा ८१ लाख ८१ हजार रुपैयाँ, अन्य कोषमा ६८ लाख १५ हजार, विदा बापत पाउने भत्ता स्वरुप १ करोड ४६ लाख, तालिमका लागि ४८ लाख १६ हजार, युनिफर्मका लागि २२ लाख १४ हजार र स्टाफ इन्सेन्टिभका लागि ४ लाख ३७ हजार रुपैयाँ गरी गत आवमा कर्मचारी सेवा सुविधा शीर्षकमा कम्पनीले कुल २३ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ ।  

यस्तो रकम अघिल्लो आवको तुलनामा १४.९६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीको सेवा सुविधा वापत २० करोड ४ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.