आईतवार, जेष्ठ ३,२०८३ 02:10:24
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:10:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल लघुवित्तको ७.५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

Laxmi Sunrise Bank Limited
नेशनल लघुवित्तको ७.५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
Shivam Cement

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आव २०७९÷८० का लागि पारित गरेको बोनस सेयर सेयरधनीहरुको हितग्राही(डिम्याट) खातामा जम्मा गरेको छ ।  

संस्थाले गत चैत १६ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ।  

गत फागुन २९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको संस्थाले जनाएको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशः उक्त बोनस सेयर जम्मा गरिने संस्थाले जानकारी दिएको छ ।  

Bizshala
New Office
CG Motors

फागुन २९ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई संस्थाले आग्रह गरेको छ।  

उक्त मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीहरुको सेयर रोक्कामा रहेको वा नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक प्रक्रिया अगाडि गर्नुपर्ने संस्थाले जनाएको छ। 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.