बुधबार, असार २५,२०८२ 04:37:32
  • बुधबार, असार २५,२०८२ 04:37:32
Global IME Bank Limited

सेयर कारोबारको आम्दानीमा अन्य व्यवसायसरह ३९% सम्म कर लगाउन सिफारिस

Hyundai Nepal
सेयर कारोबारको आम्दानीमा अन्य व्यवसायसरह ३९% सम्म कर लगाउन सिफारिस
Shivam Cement

काठमाण्डौ । विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सेयर आम्दानीमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको छ । उच्चस्तरीय सुझाव समितिले आइतबार प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनले व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउन सिफारिस गरेको छ ।  

जसको अर्थ सेयर कारोबारबाट गरेको नाफालाई पनि वार्षिक आम्दानीको रुपमा गणना गरी अन्य व्यवसायसरह आयकरको व्यवस्था गर्नुपर्ने हुन्छ । पेश गरिएको सुझाव अनुसार सेयर लगानीकर्ताले हालको दरअनुसार ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन्छ ।  

वर्तमानको आयकरको व्यवस्थाअनुसार वार्षिक ५० लाखभन्दा बढी आम्दानी गर्दा ३९ प्रतिशत करको व्यवस्था रहेको छ  । यसरी अब सेयर लगानीकर्ताले पनि सेयर कारोबारबाट  वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आर्जन गर्दा अन्य व्यवसायसरह ३९ प्रतिशत कर तिर्नुपर्ने हुनसक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै समितिले हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन सुझाव पेश गरेको छ । समितिले १ वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गर्नेलाई १० प्रतिशत पूँजीगत लाभकर र १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गर्नेलाई ७.५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गर्न सुझाव दिएको छ ।

हाल भने १ वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गर्नेलाई ७.५ प्रतिशत पूँजीगत लाभकर र १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गर्नेलाई ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था रहेको छ । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.