मंगलवार, जेष्ठ ५,२०८३ 09:25:54
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:25:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्राधिकरणद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध

Laxmi Sunrise Bank Limited
प्राधिकरणद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध
Shivam Cement

काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको छ । विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध लगाएको हो ।  

प्राधिकरणले अकाउन्टेबल म्यानेजर,ओडी र सीएएाओ म्यानेृजरलाई अर्को सूचना जारी नुहँदासम्मका लागि प्रतिबन्ध लगाएको छ । प्राधिकरणले उनीहरुले अनुमतिबिना विमानलाई स्वीकृति प्रदान नगरिएको स्थान इटली लगेको आरोप लगाएको छ ।  

नियामक प्राधिकरणले उनीहरुले हवाई सुरक्षा तथा नियामक पक्षलाई बेवास्ता गरेको जनाएको छ । प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, क्याप्टेन महेश्वरमान डङ्गोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई निलम्बन गरेको छ ।

निगमले भने प्राधिकरणको निर्णविरुद्ध आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । निगमले ए३३० जहाजको सी चेक सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  

हरेक २ वर्षमा गर्नुपर्ने निगमको ए३३० विमानहरुको नियमति मर्मत(सी चेक)गर्न कम्पनी छनौट गर्नका लागि २०२४ फेबु्रअरी १३ मा ४५ दिनको समयसीमा तोकी राष्ट्रिय अंग्रेजी दैनिक पत्रिका तथा निगमको वेवसाइटमा टेण्डर आह्वान गरिएको र अमेरिकी कम्पनीको परेको टेण्डर मूल्यांकन उप–समितिले जाचँ गर्दा प्रभावग्राही नेदेखिएकाले उक्त टेण्ड्र प्रक्रिया रद्द गरिएको विज्ञप्तीमा उल्लेख छ ।

Bizshala
New Office
CG Motors

निगमले पुनः २०२४ मे १७ मा टेण्डर आह्वान गरेको र उृक्त प्रतिस्पर्धामा भाग लिन इच्छुक भएको तर समयावधी अभाव भएको कारण देखाई २ वटा कम्पनीलाई ई–मेल मार्फ अनुरोध गरिएको आधारमा ७ दिनको म्याद थप गरिएको तर उक्त कम्पनीहरुबाट थप भएको म्यादभित्र पनि टेण्डर पेश नभएको जनाएको छ ।  

‘वाइडबडी ए३३० ९एन–एएलवाई’को सी सेक मर्मत २०२४ जुन २६ भित्र सुरु गर्नुपर्ने भएको र समय निकै कम भएको हुनाले क्यानबाट स्वीकृत गरिएको एयरक्राफ्ट मेन्टेनेन्स प्रोगाममा व्यवस्था भए अनुसार सो जहाजको सी चेक गर्न २ जुन २०२४ मा पठाउने गरी क्यानसँग अनुमति माग गरिएको निगमद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

‘तर उता क्यानले ११ जुन २०२४ मा थप कागजात माग गरेकोमा २२ जुन, २०२४ मा क्यानबाट स्वीकृति नआएपछि इटली स्थिति एमआरओले दिएको मेन्टेनेन्स स्लटको समय सकिनै लागेको र अर्को स्लटको कुनै निश्चित नभएकाले युरोपेली युनियन (ईयू) को नियमानुसार ‘फेरी फ्लाइट फर मेन्टेनेन्स ओन्ली’ भनेर क्यानबाट एमआरओ भ्यालिडेशन प्राप्त भएपछि जहाज पठाइएको हो’ निगमले उल्लेख गरेको छ ।  

निगमले चालक दलका ५ जना मात्र लिएर २३ जुन, २०२४ मा दुबईबाट इटलीको नापेल्सस्थित  मर्मत कम्पनीमा स्थानिय समयअनुसार ९ बजे जहाज अवतरण गरेको जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.