मंगलवार, जेष्ठ ५,२०८३ 07:59:56
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:59:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनवाईईएफ काठमाण्डौद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

Laxmi Sunrise Bank Limited
एनवाईईएफ काठमाण्डौद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित
Shivam Cement

काठमाण्डौ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाण्डौ च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ ।  

मंगलबार एक कार्यक्रम गर्दै मञ्चको काठमाण्डौ च्याप्टरले विभिन्न ५ क्षेत्रबाट ५ जना विद्यार्थी उद्यमीलाई सम्मान गरेको हो ।  

पूर्व बैंकर, प्रेरक वक्ता तथा राजनीतिज्ञ अनिल केशरी शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथि वक्ताको रूपमा उद्यमी आभुषण ज्योती कंसाकार र युवा उद्यमी मञ्चका अध्यक्ष साहार जोशीको उपस्थिति रहेको थियो ।

शिक्षा क्षेत्रबाट मेरो शिक्षाका तिलक ढकाल, सामाजिक प्रभाव क्षेत्रबाट जोड इनिसियटका सौरभ तिवारी, ई–कमर्सबाट महारानीकी दिप्सा खड्का, सूचना प्रविधिबाट डार्क म्याटरका हिमाल तिमिल्सिना, दिगो वातावरण र कृषि क्षेत्रबाट दिगो नेपालकी अञ्जना मल्ल सम्मानित भएका छन् ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सम्वृद्ध नेपाल निर्माणका लागि देशमै रोजगारी सिर्जना गर्न युवाहरू लाग्नुपर्ने बताए ।  

‘देश विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यस्ता कार्यक्रमले युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्न हौसला प्रदान गर्छ,’ उनले भने, ‘सम्मानित भएका युवालाई आफ्नो प्रयास जारी राख्न र अरूलाई प्रेरित गर्न अनुरोध गर्दछु ।’

यस्तै कार्यक्रम बोल्दै उद्यमी आभुषण ज्योती कंसाकारले स्टार्टअप कल्चर बारे जानकारी दिदै स्टार्टअप र इन्नोभेसनमा युवाहरूलाई प्रेरित गर्नुपर्ने बताए ।

Bizshala
New Office
CG Motors

यस्तै नेपाल युवा उद्यमी मञ्चकी अध्यक्ष साहार जोशीले युवा उद्यमीको सफलतामा हौसला थप्दै भावी उद्यमशील  पुस्ता तयार गर्न एनवाईईएफ प्रतिबद्ध रहेको जानकारी दिइन् ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाल युवा उद्यमी मञ्च काठमाण्डौ च्याप्टरकी अध्यक्ष प्रार्थाना शाखले आफ्नो उद्यमशीलताको यात्रा पनि विद्यार्थी जीवनबाट सुरू भएको बताउँदै विद्यार्थी उद्यमीलाई प्रोत्साहन गर्न र एउटा प्लेटफर्म प्रदान गर्न इमर्जिङ लिडर आयोजना गरिएको बताएन ।  

इमर्जिङ लिडरका लागि देशभरबाट ५० बढी विद्यार्थी उद्यमीको आवेदन प्राप्त भएको थियो । नेपाल युवा उद्यमी मञ्च काठमाण्डौ च्याप्टरले नेपालमा स्टार्टअप इकोसिस्टम विकास गर्न विविध कामहरू गर्दै आएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.