शुक्रबार, असार ६,२०८२ 09:01:19
  • शुक्रबार, असार ६,२०८२ 09:01:19
Global IME Bank Limited

कर्जा पाकेको ५०% ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने

Hyundai Nepal
कर्जा पाकेको ५०% ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । सहकारी विभागले ऋणीहरुले कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने जनाएको छ । विभागले आज सबै सहकारी संस्थाहरुलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  

विभागले परिस्थितीजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी ऋणी सदस्यहरुलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग,आवश्यकता र औचित्यता समेतको आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरुको हकमा मात्र यस्तो व्यवस्था गर्न निदेर्शन दिएको हो ।  

यसरी कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ । पुनर्तालिकीकरणपश्चात कर्जा नोक्सानी व्यवस्थाबाट ‘राइट ब्याक’हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्ने विभागले जनाएको छ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने सौ पुनर्तालिकीकरण गरेबापत ऋणी सदस्यबाट कुनै प्रकारको शुल्क÷हर्जाना लिन नपाइने विभागले उल्लेख गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पुनर्तालिकीकरण गरिएको कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भएपश्चात त्यस्ता कर्जाको कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक गरिएको रकम मात्र छुट्टाई सञ्चित मुनाफा खातामा लेखांकन गर्न सकिने विभागले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को ब्याज २०८१ साउन १५ गतेभित्र भुक्तानी गरेमा यसै आवको आयको रुपमा गणना गर्न सकिनेछ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.