बुधबार, माघ २१,२०८२ 03:00:27
Bizshala
  • बुधबार, माघ २१,२०८२ 03:00:27
Bizshala
Global IME Bank Limited
Bizshala

कर्जा पाकेको ५०% ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने

कर्जा पाकेको ५०% ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने
Shivam Cement

काठमाण्डौ । सहकारी विभागले ऋणीहरुले कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने जनाएको छ । विभागले आज सबै सहकारी संस्थाहरुलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  

विभागले परिस्थितीजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी ऋणी सदस्यहरुलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग,आवश्यकता र औचित्यता समेतको आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरुको हकमा मात्र यस्तो व्यवस्था गर्न निदेर्शन दिएको हो ।  

यसरी कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ । पुनर्तालिकीकरणपश्चात कर्जा नोक्सानी व्यवस्थाबाट ‘राइट ब्याक’हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्ने विभागले जनाएको छ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने सौ पुनर्तालिकीकरण गरेबापत ऋणी सदस्यबाट कुनै प्रकारको शुल्क÷हर्जाना लिन नपाइने विभागले उल्लेख गरेको छ ।  

Bizshala
Garima Development Bank
New Office

पुनर्तालिकीकरण गरिएको कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भएपश्चात त्यस्ता कर्जाको कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक गरिएको रकम मात्र छुट्टाई सञ्चित मुनाफा खातामा लेखांकन गर्न सकिने विभागले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को ब्याज २०८१ साउन १५ गतेभित्र भुक्तानी गरेमा यसै आवको आयको रुपमा गणना गर्न सकिनेछ ।   

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.