शुक्रबार, असार ६,२०८२ 12:36:09
  • शुक्रबार, असार ६,२०८२ 06:21:04
Global IME Bank Limited

मैलुङ खोला जलविद्युतको २९.५९ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुँदै

Hyundai Nepal
मैलुङ खोला जलविद्युतको २९.५९ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुँदै
Nabil Bank Limited

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि समाप्त हुने भएको छ । कम्पनीको कुल २९ लाख कित्ता बढी सेयरको लक इन अवधि आगामी साउन २६ गते समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  

कम्पनीको २ ५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ३ लाख ६८ हजार १४४ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको १४ हजार ७२६ कित्ता   गरी कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले विस २०७४ जेठ १७ गतेदेखि जेठ ३१ गतेसम्म स्थानिय बासिन्दाका लागि र २०७८ साउन १४ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत)का लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ साउन २६ गते बाँडफाँड गरिएको थियो ।  धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।  

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष आगामी साउन २६ गते समाप्त हुन लागेकाले उक्त अवधिभर लक इनमा रहेको,स्थानिय बासिन्दाका लागि जारी गरिएको,संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि साउनमा सकिन लागेको जनाएको हो ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.