सोमबार, असार २,२०८२ 10:17:09
  • सोमबार, असार २,२०८२ 10:17:09
Global IME Bank Limited

विश्वकै पहिलो सीएनजी बाइक लञ्च, दिन्छ ३३० किमी माइलेज

Hyundai Nepal
विश्वकै पहिलो सीएनजी बाइक लञ्च, दिन्छ ३३० किमी माइलेज
Nabil Bank Limited

काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी बजाज अटोले विश्वको पहिलो ‘सीएनजी बाइक’, बजाज फ्रीडम १२५ लञ्च गरेको छ । कम्पनीले ५ जुलाईमा विश्वकै पहिलो सीएनजी बाइक लञ्च गरेको हो ।  

यो बाइक चलाउनका लागि २ वटा फ्युल अप्शन अर्थात २ लिटरको पेट्रोल ट्याङ्क र २ किलोको सीएनजी ट्याङ्क दिइएको छ । दुवै ट्याकं एकपटक फुल गराउदा ३३० किमीको माइलेज प्राप्त हुन्छ । बाइक चालकले एउटा बटनबाट सीएनजीबाट पेट्रोल र पेट्रोलबाट सीएनजीमा स्विच गर्न सक्छन् । यो बाइकको एक्स शोरुम मूल्य ९५ हजारदेखि १.१० लाख भारुसम्म निर्धारण गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतमा यो बाइकको बुकिङ सुरु भईसकेको छ । यसको डेलिभरी सर्वप्रथम महाराष्ट्र र गुजरातमा हुने जनाइएको छ । बाँकी राज्यहरुमा भने फेज बाइक उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो बाइक ३ वटा भेरियन्टमा उपलब्ध छ । यसको ११ भन्दा बढी सेफ्टी परीक्षण गरिएको छ । १० टन लोडेड ट्रकको तल पर्दा पनि बाइकको ट्याङ्क लिक नभएको दाबी कम्पनीले गरेको छ । भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले सीएनजी टु–ह्विलर चलाउँदा खर्च करिब १ रुपैयाँ प्रतिलिटर आउने दाबी गरेका छन् ।  

पूर्ण रुपमा ग्यास भर्दा सीएनजी ट्याङ्कको तोल १८ केजी हुन्छ । कम्पनीले सीएनजीमा १०० किलोमिटर प्रति किलोग्राम र पेट्रोलको उपयोगमा ६५ केपीएल माइलेज प्राप्त हुने दाबी गरेको छ । यसमा १२५ सीसीको सिंगल–सिलेन्डर इन्जिन दिइएको छ । जसले ९.५ पीएसको पावर र ९.७ एमएमको पिक टार्क जेनेरेट गर्छ । यो इन्जिन पेट्रोल र सीएनजी दुवैबाट चल्छ ।  

यो बाइकको सीटको लम्बाई ७८५ एमएम रहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.