मंगलवार, जेष्ठ ५,२०८३ 08:57:26
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:57:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राकुराले ल्यायो वातावरणमैत्री र दिगो टि-ब्याग

Laxmi Sunrise Bank Limited
राकुराले ल्यायो वातावरणमैत्री र दिगो टि-ब्याग
Shivam Cement

काठमाण्डौ ।  राकुराले आज आफ्नो ५ दशकभन्दा बढीको अनुभवमा आधारित नेक्स्ट जेनरेसनचिया उत्पादनहरू लन्च गरेको छ, जसले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाई दिनेगरीको फड्को मारेको छ।

राकुराले आफ्नो क्रान्तिकारी 'म्याजिक नट' टि-ब्याग सार्वजनिक गरेको छ- जुन विश्वकै पहिलोमध्ये एकअत्याधुनिक 'ट्यान्डेम एयर-नटेड' प्रविधि प्रयोग गरेर बनाइएको छ। यो नयाँ गैर-ताप सिल(नन् हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै पहिलोमध्ये एक र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लु मुक्त टि-ब्याग हुने छ।  

उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागज (जसमा क्लोरिन, एपिक्लोरोहाइड्रिन र अन्य हानीकारक पदार्थहरू (SVHCs) छैनन्)ले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्दछ र विश्वकै पहिलो OKCOMPOST प्रमाणित, घरमैकम्पोस्ट गर्न मिल्ने चियाको थैली बनाउँछ।  

 

Bizshala
New Office
CG Motors

म्याजिक नट चियाको थैलीमा विश्वकै पहिलो प्रमाणित जैविक, अनब्लिच्ड धागो जस्ता नवीनताहरू पनि समावेश छन्- जसले गैर-GMO कपास र हानिकारक रसायनहरू नभएको सुनिश्चित गर्दछ, साथै अपडेट गरिएको इजी-होल्ड ट्यागहरूसमात्न बढी आरामदायक छन् र फुड ग्रेड कागज र मसीबाट बनेका छन्।

चिया उद्योगमा ५ दशकभन्दा बढीको अनुभवमा आधारित, राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्नो सबै चियाहरुलाई विश्वकै पहिलोमध्ये एक पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजनहरू मात्र हुने पनि घोषणा गरेको छ।

कम्पनीले २१ नयाँ प्रकारका चियाहरू पनि उत्पादन गरेको छ साथै आफ्नो मौजुदा चियाहरू र मिश्रणहरूमा सुधार गरेको छ, जुन विश्वकै सबैभन्दा ठूलो चियाको कलेक्सनमध्ये एकहुने छ।  

राकुराको टि-ब्यागहरू अब ताजा प्याकहरूमा आउनेछन्- अलग रुपमा बेरिएको, वातावरण मैत्री र खाद्य सुरक्षित फोइल कागजका खामहरू र FSC प्रमाणित दिगो स्रोत प्याकेजिङमा प्याक गरिनेछ, जसले यसलाई यस्तो प्रविधि प्रयोग गर्ने विश्वकै पहिलो चिया कम्पनीहरूमध्ये एक बनाउँछ।

राकुरा अब विश्वका पहिलो खाद्य कम्पनीहरूमध्ये एक बनेको छ जसले जीवाणु र एलर्जेन मुक्त चिया-ब्यागिङ सुविधा दिनका लागि जलवायु-नियन्त्रित अवस्थाअन्तर्गत क्लिन-रूम प्रोटोकलहरू पालना गर्दछ। आफ्नो नेक्स्ट जेनेरेशन ब्लु प्रिन्टको लन्चसँगै, राकुराले सन् २०३० सम्म वा सोभन्दा चाँडै कार्बन र प्लास्टिक तटस्थ बन्ने प्रतिबद्धता पनि जनाएको छ र आफ्नो सापेक्ष ऊर्जा र प्लास्टिक प्रयोग घटाउने प्रक्रिया सुरु गरिसकेको छ।

"हामीले नेपालको चिया उद्योगको लागि सधैं नयाँ आयाम खोल्ने इतिहास राखेका छौं, र फेरि पनि नेपालको चियाको लागि नयाँ युगको सुरुवात गरेका छौं," राकुराका प्रबन्ध निर्देशक नीराज राठीले भने।  

"हामीले ड्रईङ बोर्डमा फर्केर, पछिल्ला केही वर्षमा हाम्रो उत्पादन लाइनका हरेक कुराहरुलाई नियालेका छौं र हामीले विश्वमा सर्वोत्तम कसरी दिन सक्छौं भनेर अनुसन्धान गरेका छौं। हामी हाम्रो नयाँ पुस्ताका उत्पादनहरूलाई विश्वकै सबैभन्दा स्वस्थ र वातावरण मैत्री भनेर भन्दैछौ किनभने विश्वमा अरू कुनै चिया उत्पादन छैन जसमा एकै प्याकमा हाम्रा उत्पादनमा भएका सबै नवीनताहरू छन्।"

राकुरा नेक्स्ट जेनेरेशन चियाको थैलीहरू क्लासिक, प्रिमियम, प्राकृतिक चिया र जडीबुटी इन्फ्युजन्स साथै सेलेक्सन श्रेणीहरूमा उपलब्ध हुनेछ, जसको मूल्य भेरियन्टको आधारमा प्रतिप्याकेट रु. १७९ देखि रु. २७९ सम्म हुनेछ। यी चियाहरू आउँदो हप्तादेखि काठमाडौंका सबै प्रमुख पसलहरू, मार्टहरू र सुपरमार्केटहरूमा  र एक महिनाभित्र देशभर उपलब्ध हुनेछ। 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.