सोमबार, जेष्ठ ४,२०८३ 04:46:44
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:46:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभियो, आजदेखि एकीकृत कारोबारको सुरुवात

Laxmi Sunrise Bank Limited
समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभियो, आजदेखि एकीकृत कारोबारको सुरुवात
Shivam Cement

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको छ । गाभिए पश्चात दुवै संस्थाले आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् ।  

समता घरेलु लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था प्रदेश स्तरको लघुवित्त संस्था हो । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई सहयोग पुर्याउन दुई संस्थाबीच गत भदौ ७ मा गाभ्ने/गाभिने निर्णय भएको थियो । समताले मनकामनालाई १ः१ सेयर स्वाप रेशियोमा गाभेको हो ।

एकीकृत कारोबारपश्चात संस्थाको बनेपामा केन्द्रीय कार्यालय र ७ वटै प्रदेशमा ९९ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा उपलब्ध हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकारी दिए । संस्थाको चुक्तापूँजी जारी हुन लागेको एफपीओसहित ५९ करोड ९० लाख ९० हजार ७ सय २८ रुपैयाँ पुगेको छ । संस्थाले ८१ हजार ५ सय ३६ सदस्यहरुलाई वित्तीय सेवा पुर्याएको र ४ अर्ब ३८ करोड ९० लाख कर्जा लगानी तथा १ अर्ब ४० करोड ५१ लाख रुपैयाँ बचत संकलन भएको पनि डा. घिमिरेले बताए ।  

Bizshala
New Office
CG Motors

दुवै संस्थालाई एकीकृत कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंकबाट २०८१ जेठ २९ गते, नेपाल धितोपत्र बोर्डबाट २०८१ असार ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८१ असार ११ गते अन्तिम स्वीकृति प्राप्त भएको थियो । समता घरेलु लघुवित्त संस्था लि. बिगतमा दुई वटा संस्था गाभिएर बनेको संस्था हो भने मनकामना स्मार्ट लघुवित्त पनि दुई वटा संस्था गाभिएर बनेको हो ।  

समता घरेलु लघुवित्त वित्तीय संस्थाका अध्यक्ष डम्बरमणि थेबे लिम्बुको अध्यक्षता र काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्यको प्रमुख आतिथ्यतामा भएको एकीकृत कारोबार शुभारम्भ समारोहमा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादव, पूर्व अध्यक्ष बसन्तराज लम्साल, गाभिने संस्था मनकामना स्मार्ट लघुवित्तका अध्यक्ष अजय गोयनका, संयुक्त प्राप्ति समितिका संयोजक हरिबहादुर भण्डारी लगायतले शुभकामना दिएका थिए । समारोहमा दुवै संस्थाका सञ्चालक, सेयरधनी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु लगायतको उपस्थिति थियो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.