मंगलवार, जेष्ठ ५,२०८३ 03:35:26
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:35:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एक लिटर पेट्रोलमा ७० किमीको माइलेज ! यी हुन् नेपालमा उपलब्ध सबैभन्दा सस्ता मोटरसाइकल

Laxmi Sunrise Bank Limited
एक लिटर पेट्रोलमा ७० किमीको माइलेज ! यी हुन् नेपालमा उपलब्ध सबैभन्दा सस्ता मोटरसाइकल
Shivam Cement

काठमाण्डौ । बजाजले पहिलो सीएनजी बाइक बजारमा ल्याएको छ । बजाज अटोले विश्वको पहिलो सीएनजी बाइक फ्रीडम सार्वजनिक गरेको हो ।  

विशेष कुरा के छ भने भारत, नेपाल जस्ता देशका मध्यमवर्गीय जनतालाई केन्द्रमा राखेर कम्पनीले निकै सस्तो मूल्यमा यो बाइक सार्वजनिक गरेको हो ।  

तर, सस्तो बाइक यो मात्र होइन, भारत तथा नेपालमा सस्तो बाइकहरु पनि निकै लोकप्रिय र मागमा छन् । 

Bizshala
New Office
CG Motors

भारतमा त यही कारणले बजाज अटो र हिरो मोटोकर्पको नाम सर्वाधिक बिक्री हुने कम्पनीहरूमा परेको छ । यदि तपाई पनि बजेटमैत्री र सस्तो बाइक खोज्दै हुनुहुन्छ केही त्यस्ता बाइकहरुको विषयमा जानकारी लिन सक्नुहुन्छ ।

बजाजको प्लाटिना-100

यो बजाज बाइक सबैभन्दा सस्तो छ र उत्कृष्ट माइलेज पनि दिन्छ। कम्पनीले बाइकमा १०२ सीसी इन्जिन दिएको छ, जसले अधिकतम ७.७९ एचपी पावर र ८.३४ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो बाइकले एकलिटर पेटोलमा ७२ किलोमिटरको माइलेज दिन्छ । यसको मूल्य भारतमा ७० हजार भारु रहेको छ भने नेपालमा २ लाख रुपैयाँ हाराहारीमा रहेको छ ।  

टिभिएस स्पोर्ट

यो बाइकमा १०९ सीसी इन्जिन छ । यो इन्जिनले अधिकतम ८.१९ पीएस पावर र ८.७ न्यूटन मिटरको अधिकतम टर्क जेनेरेट गर्छ। माइलेजको कुरा गर्दा यो बाइकले ७० किलोमिटर माइलेज दिन्छ । भारतमा यसको मूल्य करिब ६० हजार तथा नेपालमा १ लाख ७० हजार हाराहारीमा रहेको छ ।  

हिरोको एचएफ डिलक्स

यो बाइकमा ९७ सीसी इन्जिन छ, जसले ८.०२ बीएचपीको अधिकतम पावर र ८.०५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। यो बाइकले ७० किलोमिटर माइलेज दिन्छ । यसको एक्स शोरुम मूल्य भारतमा ६० हजार रुपैयाँ तथा नेपालमा १ लाख ७२ हजार रुपैइाँ रहेको छ ।

हिरोको एचएफ-100

यो बाइकमा ९७ सीसी इन्जिन छ, जसले ८.०२ बीएचपीको पावर र ८.०५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। यो बाइकले एक लिटर तेलमा ७० किलोमिटर माइलेज दिन्छ । बाइकको भारतमा शोरुम मूल्य करिब ६० हजार रुपैयाँ तथा नेपालमा १ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

बजाजको सिटी-100

यो बाइकमा ९९ सीसी इन्जिन छ, जसले ७.७९ एचपी पावर र ८.३४ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो बाइकले एक लिटर तेलमा ७५ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ । यसको भारतमा शोरुम मूल्यशोरूम मूल्य रु ६२ हजार २६५ रहेको छ भने नेपालमा  १ लाख ८० हजार रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.