सोमबार, असार २,२०८२ 09:55:15
  • सोमबार, असार २,२०८२ 09:55:15
Global IME Bank Limited

एक लिटर पेट्रोलमा ७० किमीको माइलेज ! यी हुन् नेपालमा उपलब्ध सबैभन्दा सस्ता मोटरसाइकल

Hyundai Nepal
एक लिटर पेट्रोलमा ७० किमीको माइलेज ! यी हुन् नेपालमा उपलब्ध सबैभन्दा सस्ता मोटरसाइकल
Nabil Bank Limited

काठमाण्डौ । बजाजले पहिलो सीएनजी बाइक बजारमा ल्याएको छ । बजाज अटोले विश्वको पहिलो सीएनजी बाइक फ्रीडम सार्वजनिक गरेको हो ।  

विशेष कुरा के छ भने भारत, नेपाल जस्ता देशका मध्यमवर्गीय जनतालाई केन्द्रमा राखेर कम्पनीले निकै सस्तो मूल्यमा यो बाइक सार्वजनिक गरेको हो ।  

तर, सस्तो बाइक यो मात्र होइन, भारत तथा नेपालमा सस्तो बाइकहरु पनि निकै लोकप्रिय र मागमा छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतमा त यही कारणले बजाज अटो र हिरो मोटोकर्पको नाम सर्वाधिक बिक्री हुने कम्पनीहरूमा परेको छ । यदि तपाई पनि बजेटमैत्री र सस्तो बाइक खोज्दै हुनुहुन्छ केही त्यस्ता बाइकहरुको विषयमा जानकारी लिन सक्नुहुन्छ ।

बजाजको प्लाटिना-100

यो बजाज बाइक सबैभन्दा सस्तो छ र उत्कृष्ट माइलेज पनि दिन्छ। कम्पनीले बाइकमा १०२ सीसी इन्जिन दिएको छ, जसले अधिकतम ७.७९ एचपी पावर र ८.३४ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो बाइकले एकलिटर पेटोलमा ७२ किलोमिटरको माइलेज दिन्छ । यसको मूल्य भारतमा ७० हजार भारु रहेको छ भने नेपालमा २ लाख रुपैयाँ हाराहारीमा रहेको छ ।  

टिभिएस स्पोर्ट

यो बाइकमा १०९ सीसी इन्जिन छ । यो इन्जिनले अधिकतम ८.१९ पीएस पावर र ८.७ न्यूटन मिटरको अधिकतम टर्क जेनेरेट गर्छ। माइलेजको कुरा गर्दा यो बाइकले ७० किलोमिटर माइलेज दिन्छ । भारतमा यसको मूल्य करिब ६० हजार तथा नेपालमा १ लाख ७० हजार हाराहारीमा रहेको छ ।  

हिरोको एचएफ डिलक्स

यो बाइकमा ९७ सीसी इन्जिन छ, जसले ८.०२ बीएचपीको अधिकतम पावर र ८.०५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। यो बाइकले ७० किलोमिटर माइलेज दिन्छ । यसको एक्स शोरुम मूल्य भारतमा ६० हजार रुपैयाँ तथा नेपालमा १ लाख ७२ हजार रुपैइाँ रहेको छ ।

हिरोको एचएफ-100

यो बाइकमा ९७ सीसी इन्जिन छ, जसले ८.०२ बीएचपीको पावर र ८.०५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। यो बाइकले एक लिटर तेलमा ७० किलोमिटर माइलेज दिन्छ । बाइकको भारतमा शोरुम मूल्य करिब ६० हजार रुपैयाँ तथा नेपालमा १ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

बजाजको सिटी-100

यो बाइकमा ९९ सीसी इन्जिन छ, जसले ७.७९ एचपी पावर र ८.३४ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो बाइकले एक लिटर तेलमा ७५ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ । यसको भारतमा शोरुम मूल्यशोरूम मूल्य रु ६२ हजार २६५ रहेको छ भने नेपालमा  १ लाख ८० हजार रुपैयाँ रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.