बुधबार, जेष्ठ ६,२०८३ 01:20:14
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:20:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु सेलेक्ट फण्डले एक महिनामै किन्यो २ लाख कित्ता सेयर, सर्वाधिक लगानी बीमा कम्पनीमा

Laxmi Sunrise Bank Limited
प्रभु सेलेक्ट फण्डले एक महिनामै किन्यो २ लाख कित्ता सेयर, सर्वाधिक लगानी बीमा कम्पनीमा
Shivam Cement

काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सर्वाधिक नाफा आर्जन गर्ने ‘प्रभु सेलेक्ट फण्ड’को सेयरबजारमा झण्डै एक अर्ब रुपैयाँ लगानी रहेको छ । हाल ४४ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् ।

जेठ मसान्तसम्म प्रभु सेलेक्ट फण्डले ११ करोड ८८ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो महिना वैशाखको तुलनामा ६६.४३ प्रतिशतले बढी हो । वैशाख महिनामा पनि फण्डले ७ करोड १४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

प्रभु सेलेक्ट फण्डले  जेठ महिनासम्म सेयरबजारमा कुल ९३ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी रकम वैशाख महिनासम्मको तुलनामा ३।४४ प्रतिशतले बढी हो । वैशाखमा फण्डले ९० करोड ८५ लाख रुपैयाँ लगानी गरेको थियो ।  

फण्डले जेठ महिनासम्ममा ३७ वटा सूचीकृत कम्पनीको सेयर र ८ वटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को इकाईमा लगानी गरेको छ । वैशाखमा भने फण्डले ४१ वटा कम्पनीको सेयर र ७ वटा म्युचुअल फण्डको इकाईमा लगानी गरेको थियो ।  

लगानी गरेको कम्पनीको संख्या घटेपनि प्रभु सेलेक्ट फण्डले सेयरमा गरेको लगानीको सम्पत्ति मूल्य भने ३.४४ प्रतिशतले बृद्धि भएको छ ।  

फण्डले एक महिनाको अन्तरालमै सूचीकृत विभिन्न कम्पनीको २ लाख ६ हजार ६९१ कित्ता सेयर किनेको छ । अर्थात् कम्पनीले पहिले नै लगानी गरेको कम्पनीको सेयर संख्या थप गरेको छ ।  

समूहगत आधारमा फण्डले सर्वाधिक बीमा कम्पनीहरुको सेयरमा लगानी गरेको छ । अर्थात् बीमा कम्पनीका सेयरमा गरेको लगानीको सम्पत्ति मूल्य अन्य समूहको तुलनामा बढी रहेको छ ।  

जेठ महिनामा फण्डले ८ वटा वाणिज्य बैंकको ९ लाख ५९ हजार ९५ कित्ता सेयरमा लगानी गरेको छ । जसको फेयर भ्यालु अर्थात सम्पत्तिको मूल्य २२ करोड ३० लाख रुपैयाँ रहेको छ । फण्डले वाणिज्य बैंकको सेयरमा गरेको लगानीबाट एक महिनाको अन्तरालमै ४.४० प्रतिशत नाफा कमाएको छ ।  

त्यस्तै, यता विकास बैंकमा फण्डले ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको सेयरमा मात्रै लगानी गरेको छ । दुई विकास बैंकको ७४ हजार ८७५ कित्ता सेयरमा लगानी रहेको छ । जसको सम्पत्ति मूल्य जेठ महिनामा २ करोड २५ लाख रुपैयाँ रहेको छ । वैशाख महिनाको तुलनामा विकास बैंकको सेयरमा गरेको लगानीबाट प्रभु सेलेक्ट फण्डले १.२८ प्रतिशतले गुमाएको छ ।  

Bizshala
New Office
CG Motors

फण्डले हाइड्रो समूहको कम्पनीहरुमा गरेको लगानीबाट जेठ महिनामा आफ्नो सम्पत्ति मूल्य ९।४६ प्रतिशतले बढाएको छ । जेठ महिनामा फण्डले ९ वटा हाइड्रोपावरको ३ लाख २४ हजार कित्ता सेयरमा लगानी गरेको छ । जसको सम्पत्ति मूल्य ८ करोड ७७ लाख रुपैयाँ रहेको छ । वैशाखमा फण्डले हाइड्रोपावर समूहका कम्पनीमा ३ लाख १४ हजार कित्ता सेयरमा लगानी गरेको थियो । जसको सम्पत्ति मूल्य ८ करोड ७७ लाख रुपैयाँ थियो ।  

यता बीमा समूहतर्फ भने फण्डले ११ वटा बीमा कम्पनकिो कुल ४ लाख २१ हजार २६ कित्ता सेयरमा लगानी गरेको छ । जसको सम्पत्ति मूल्य जेठ महिनामा २८ करोड ३४ लाख रुपैयाँ छ । बीमा कम्पनीहरुको सेयरमा गरेको लगानीबाट फण्डले ३।२५ प्रतिशत नाफा बुक गरेको छ । वैशाख महिनामा फण्डले ४ लाख १९ हजार कित्ता सेयरमा गरेको लगानीमा सम्पत्ति मूल्य भने २७ करोड ४५ लाख रुपैयाँ थियो । फण्डले बीमा समूहतर्फको एनएलजी इन्स्योरेन्स कम्पनीको १ हजार २९४ कित्ता सेयर थप गरेको छ ।  

सर्वाधिक लगानी सर्वोत्तम सिमेन्ट्समा  

जेठ महिनामा फण्डको सर्वाधिक सर्वोत्तम सिमेन्ट्समा लगानी रहेको छ । फण्डले सर्वोत्तम सिमेन्ट्सको कुल १ लाख २४ हजार कित्ता सेयरमा लगानी गरेको छ । जसको सम्पत्ति मूल्य १० करोड १३ लाख रुपैयाँ रहेको छ । यसर्थ सो कम्पनीको सेयरमा फण्डको  १० करोड भन्दा बढी लगानी रहेको छ ।  

वैशाख महिनाको तुलनामा सर्वोत्तम सिमेन्ट्समा गरेको लगानीको सम्पत्ति मूल्य जेठमा ६।५४ प्रतिशतले बृद्धि भएको छ ।  

यसका साथै दोस्रोमा नेपाल एसबिआई बैंकको सेयरमा पनि ८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर लगानी छ । जेठ महिनामा उक्त बैंकको कुल २ लाख ८९ हजार ५८० कित्ता सेयरमा लगानी रहेको छ । वैशाख महिनाको तुलनामा फण्डको सो बैंकमा गरेको लगानीको सम्पत्ति मूल्य ५.६० प्रतिशतले बृद्धि भएको छ ।  

त्यस्तै, प्रभु इन्स्योरेन्समा ४ करोड ७३ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ करोड ३४ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४ करोड ८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४ करोड ६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा ३ करोड ५७ लाख, हिमालयन रि इन्स्योरेन्समा ३ करोड ४१ लाख र लक्ष्मी सनराइज बैंकमा ३ करोड २२ लाख रुपैयाँ लगानी रहेको छ ।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X