मंगलवार, जेष्ठ ५,२०८३ 05:30:49
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:30:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनको टाउको दुखाई बन्दै सिंगापुरको यो सरकारी कम्पनीले,यस्तो छ कारण

Laxmi Sunrise Bank Limited
चीनको टाउको दुखाई बन्दै सिंगापुरको यो सरकारी कम्पनीले,यस्तो छ कारण
Shivam Cement

काठमाण्डौ। चीन विश्कै दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक हो तर यसले केही समयदेखि संघर्ष गरिरहेको छ। विदेशी लगानीकर्ताहरु पनि यसबाट पछि हट्न थालेका छन्। जसमा टेमासेक पनि एक हो ।  

Bizshala
New Office
CG Motors

टेमासेक सिंगापुरको सरकारी लगानी कम्पनी हो। योे चीनको सबैभन्दा ठूलो लगानीकर्ताका रुपमा रहेको छ।

तर अहिले चीनमा यसले लगानी घटाउन थालेको छ। लगभग एक दशकमा पहिलो पटक अमेरिकाले कम्पनीको पोर्टफोलियोमा चीनलाई पछाडिको पारेको छ।

टेमासेकले अमेरिकासँगै भारतमा पनि ठूलो बाजी खेलिरहेको छ। चीनको पुँजी बजारमा आएको सुस्तताले देशको सम्पत्तिको मूल्यमा गिरावट आएको कम्पनीले जनाएको छ।

तर अन्य बजारबाट भने राम्रो प्रतिफल पाइरहेको छ। योसँगै कम्पनीको पोर्टफोलियोको खुद मूल्य ३८९ अर्ब डलर पुगेको छ जुन गत आर्थिक वर्षमा ३८२ अर्ब डलर थियो।

टेमासेक लामो समयदेखि चीनको सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता हुन्। सन् २०२० मा कम्पनीको पोर्टफोलियोमा चीनको हिस्सा २९ प्रतिशत थियो।

तर चार वर्षपछि १९ प्रतिशतमा झरेको छ। मार्चमा कम्पनीको पोर्टफोलियोमा अमेरिकाको हिस्सा बढेर २२ प्रतिशत पुगेको छ। सिंगापुर टेमासेकको पोर्टफोलियोमा २७ प्रतिशतको साथ शीर्ष स्थानमा छ।

कम्पनीले भारतमा लगानी बढाउँदै लगेको छ। हाल यसको पोर्टफोलियोमा भारतको हिस्सा सात प्रतिशत छ। 

लगभग एक दशकमा यो पहिलो पटक हो कि कम्पनीको पोर्टफोलियोमा अमेरिकाको हिस्सा चीनको भन्दा बढी भएको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.